August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
नेकपा ओली समुहको थप नयाँ केन्द्रिय सदस्यमा सल्यान बाट प्रधान र गिरी मनोनित

नेकपा ओली समुहको थप नयाँ केन्द्रिय सदस्यमा सल्यान बाट प्रधान र गिरी मनोनित

पौष ०८, सल्यान । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को ओली समूहले बिस्तार गरेको केन्द्रिय समिति सदस्यमा सल्यानबाट थप २ जना मनोनीत भएका छन । सल्यान बाट नेकपा केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्यमा मनोज प्रधान र कुल बहादुर गिरीलाई पार्टीले मनोनीत गरेको बताइएको छ । यस अघि हिजो सल्यान बाट नेकपा कर्णाली प्रदेश सदस्य लोकबहादुर डाँगी र जिल्ला अध्यक्ष गोबिन्द पुन महाधिवेशन  आयोजकन  समिति सदस्यमा नमोनित भएका थिए ।

ओली समुहको मंगलबार बसेको बैठकले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। ७८ मंसिरमा महाधिवेशन गर्नकै लागि बैठकले केन्द्रीय कमिटी विस्तार गरेको थियो। समुहले केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाएको छ। ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपिएको हो। अब केन्द्रीय कमिटी १ हजार ३ सदस्यीय भएको छ। रिक्त १ सय ९६ सदस्य पछि थपिने छ।

आफु विरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुन लागेको र राष्ट्रपति माथी महाअभियोग लगाउने षडेन्त्र भएको भन्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीले पौष ०५ गते संसद विघटन गरेपछी नेकपा विभाजन उन्मुख भएको हो । हिजो मात्रै प्रचण्ड नेपाल समुहले अध्यक्ष केपि ओलीलाई अनुशासनको कारबाहि गर्दै अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ भने केपि ओली समुहले नयाँ केन्द्रिय सदस्य थप्दै महाधिवेशन आयाजक समिति गठन गरेको छ ।

नेकपाको उक्त विवाद जिल्ला हुदै स्थानिय स्तरमा पनि आई पुगको छ । हिजो दुवै समुहले सल्यानमा नेकपा पार्टी कार्यालय कब्जा गर्न प्रयास गरेका थिए ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको