August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
घाईतेका परिवार भेट्न गएका विप्लव कार्यकर्ता पक्राउ, स्थानीय सत्ताले सुराकी गरेको आरोप

घाईतेका परिवार भेट्न गएका विप्लव कार्यकर्ता पक्राउ, स्थानीय सत्ताले सुराकी गरेको आरोप

मंसिर २३, सल्यान । रुकुम पश्चिममा विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन । घाईते तथा हाल केन्द्रिय कारागारमा बन्दी जिबन बिताईरहेका रुकुम पश्चिम सानीभेरी गाउँपालिका ४, मेघा निवासी रबिन केसीको परिवारसँग भेटघाटको लागी गएका युवा संगठनका जिल्ला उपाध्यक्ष बाबुराम बिक विवेक र कोषाध्यक्ष शिव बिक विकल्पलाई प्रहरीले पक्राउ गरेको पार्टीले बताएको छ ।

घाईते परिवार भेट्न गएका उनिहरुलाई स्थानिय सरकारको सुराकीको आधारमा गिरफ्तार गरिएको र झुट्टा मुद्धा लगाई हिरासतमा राखिएको प्रति पार्टीले घोर भत्र्सना गरेको छ ।

कार्यकर्ता पक्राउ गरेपछि उक्त पार्टीले रुकुममा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पक्राउ गरिएकाहरुको बिनासर्त रिहाइको माग गर्दै पुस २ गते सम्म कडा आन्दोलनहरु संचालन गरिने उक्त पाटीका जिल्ला सेक्रेटरी मन्जित द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आन्दोलनका कार्यक्रम अनुसार २२ गते देखि २५ गते सम्म प्रचारप्रसार तथा भण्डाफोर ,२६ गते राके जुलुस ,२७ गते सरकारी गाडी संचालनमा अनिश्चितकालीन रोक,३० गते सानोभेरी गाउँपालिका ३ नम्बर वडा बन्द,पुस १ गते सानोभरी गाउँपालिका बन्द ,र पुस २ गते बाट जिल्ला भरिका वडा कार्यालयहरुको कामकाज ठप्प पार्ने रहेका छन ।

यस्तै सो पार्टीको युवा संगठन पश्चिम रुकुमले पनि गिरफ्तारीको बिरोध गर्दै तत्काल रिहाइको लागि माग गरेको छ ।

प्रहरीले रुकुम पश्चिम आठबिसकोट नगरपालिका ३ बस्ने युवासंघ रुकुम पश्चिमका उपाध्यक्ष तथा सानिभेरी गाँउपालिका सेक्रेटरी वर्ष २३ को बाबुराम बिक र कोषाध्यक्ष १९ शिव बिक लाई पनि गएको कात्तिक २१ गते पक्राउ गरेको थियो ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको