June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
सल्यानमा बोक्सी आ’रोप लगाउने ३ महिलालाई कैद र ज’रिवाना

सल्यानमा बोक्सी आ’रोप लगाउने ३ महिलालाई कैद र ज’रिवाना

मंसिर २२, सल्यान । शारदा नगरपालिका–१ श्रीनगर निवासी ६० वर्षीया महिलालाइ बोक्सी आरोप लगाएको आरोपमा तीन जनालाइ कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधिष कुल प्रसाद पाण्डेको फैसला बमोजिम मंसिर २१ गते तीन जना महिलालाइ कैद सजाय र जरिवाना भएको हो ।

जिल्लाको शारदा नगरपालिका ०७७ भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले सोही ठाउँ निवासी २१ वर्षीया सरिता खड्का,२४ वर्षीया गिता खड्का र २३ वर्षीया जयन्ती रोकालाइ ०७७ असोज १२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।

जयन्ती र गिता छिमेकी रहेको र बिरामी परेको बेला स्थानीय सरितालाइ हात हेराउन जाँदा तिमीहरुलाइ पार्वती थापा बोक्सी लागेकी छ त्यसैले तिमीहरु बिरामी हुन्छौ,त्यहाँ गएर एकसरो लुगा छोड अनी सन्चो हुन्छ भनेपछि दुबैजनाले त्यसै गरेको अदालत सामु स्वीकार गरेका हुन् ।

पीडित महिलाले त्यो कुरा थाहा पाएपछि प्रहरीमा जाहेरी दिएकी हुन् । हाल जिल्ला अदालत सल्यानले मंसिर २१ गते जयन्ती खडकालाइ ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनायो भने अन्य दुइजना सरिता खड्का र गिता खड्कालाइ जनही ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवानको फैशला सुनाएको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए।

शीर्ष समाचार

धेरै पढिएको