June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
एक झापाली: जसले प्रधानमन्त्रीको मान्छे हुँ भन्दै च्याथे, महिला ट्राफिकको रसिद र बर्दी

एक झापाली: जसले प्रधानमन्त्रीको मान्छे हुँ भन्दै च्याथे, महिला ट्राफिकको रसिद र बर्दी

मंसिर १९, रुपन्देही । कहिले प्रधानमन्त्रीको र कहिले अख्तियारको मान्छे हुँ, भन्दै महिला प्रहरीको बर्दी र ठेली च्याथ्ने प्रधानमन्त्री केपि शर्मा वलीको गृह जिल्लाका एक ब्यक्ति पक्राउ परेका छन ।

झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो। पाठक, रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ को सनसाइन बोर्डिङ स्कुलका सञ्चालन गरेर बसेका छन्।

मादक पदार्थ सेवन गरी महिला ट्राफिक प्रहरीलाई हातपात गरेको, ट्राफिक जरिवानाको रसिद च्यातेको र प्रहरीको बर्दी च्यातेको पाइएपछि पाठकलाई हिरासतमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ।

रोहिणी गाउँपालिकास्थित नेपाल-भारत सीमामा ६ दिनअघि पाठकले महिला प्रहरीलाई दु’र्व्यवहा’र गरेको प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।

‘मदिरा सेवन गरेर महिला ट्राफिक प्रहरीमाथि दु’र्व्यव’हार गरेको कसु’रमा उनलाई केही सार्वजनिक अपराध मु’द्दामा कारबाही थालिएको छ,’ पोखरेलले भने।

पाठकले प्रहरीको चेक प्वाइन्टमा आएर ट्राफिक प्रहरीको ठेली खोसेर ‘कति जरिवाना काटेउ’ भनेका थिए। त्यसक्रममा महिला प्रहरीले प्रतिवाद गर्दा ठेली र प्रहरीको बर्दी च्यातिएको पोखरेलले बताए।

पाठकले आफूलाई कहिले प्रधानमन्त्री, कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मान्छे भन्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ। पाठकले केही सरकारी वकिललाई समेत फसाएको बताउने गरेका थिए।

‘उनीमाथि यस्ता कुरा गरेर समाजमा हिँड्ने गरेको आरोप रहेछ, पक्राउ परेपछि गुनासो आएका छन्,’ पोखरेलले भने।

फाईल फोटो । स्रोत : setopati

शीर्ष समाचार

धेरै पढिएको