July 30, 2021, Friday
२०७८ श्रावण १५, शुक्रबार
सल्यानमा गाडी दु’र्घटना २५ जना घाइते

सल्यानमा गाडी दु’र्घटना २५ जना घाइते

मंसिर १७, सल्यान । सल्यानमा यात्रु बाहक बस दु’र्घटना भएको छ । बुधबार नेपालगन्ज बाट रुकुम चौरजहरी जादै गरेको ना ४ ख ६६,१५ नम्बर यात्रुबाहक बस सल्यान जिल्लाको कुमाख गाउँपालिका २ खारखोलामा दु’र्घटना भएको हो ।

दु’र्घटनामा परि ६ जना गम्भिर घा’इते भएका छन् भने बाँकिलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोबिन्द थापाले बताए ।

गम्भिर घाईते हुनेहरुमा कुमाख गाउँपालिका ४ बस्ने बर्ष ४० की देबि बुढाथोकी, सोही ठाउँ बस्ने १३ बर्षिय उत्तम बिसि, बर्ष ५० की छाया सोही, रुकुम पश्च्मि चौरजाहारी नगरपालिका १ बस्ने बर्ष ३८ की साहुनी गोसाई, सोही ठाउँका बर्ष ४० का खडक बहादुर गोसाई, र कुमाख गाउँपालिका १ का बर्ष १५ का निम बहादुर बुढाथोकी रहेका छन् ।

घा’इतेहरुको उद्धारका लागि ईलाका प्रहरी कार्यालय चौरजहारि रुकुम पश्चिम बाट प्रहरी निरीक्षक कृष्ण डाँगी नेतृत्व र इलाका प्रहरी कार्यालय रागेचौर र प्रहरी चौकी नेटा बाट प्रहरी खटिइ घाइ’तेहरुलाइ उद्दार भइरहेको प्रहरीको भनाई छ ।

२५ जना सवार रहेको बस दिउसो करिब ४ः२० मा र्दुघटना भएको भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका ६ जनालाई उपचारको लागि नेपालगंज रिफर गरिएको छ भने अन्य सामान्य घाईते भएकाहरुको स्थानिय मेडिकलहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बस सडक बाट ३० मिटर तल खसेको छ भने थप बिवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

फाइल फोटो

शीर्ष समाचार

धेरै पढिएको