September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
अब सुत्केरी महिलाको हवाई उद्धार गर्न सिधै मन्त्रालयमा फोन गर्न सकिने (फोन नम्बर सहित)

अब सुत्केरी महिलाको हवाई उद्धार गर्न सिधै मन्त्रालयमा फोन गर्न सकिने (फोन नम्बर सहित)

मंसिर १६, सल्यान । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार सम्बन्धी कार्य अब सिधै मन्त्रालय बाट हुने भएको छ । उक्त कार्य अहिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रपति महिला उत्थान समन्वय ईकाईकै पहलमा भैरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुुसार अब दुर्गम क्षेत्रमा ज्यान जोखि’ममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धारको लागी सिधै राष्ट्रपति महिला उत्थान समन्वय ईकाइमा फोन सम्पर्क गर्न तथा समन्वय गर्न सकिने छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानको मिति २०७७ साल मंसिर १४ गतेको सुचनामा उल्लेख भए अनुसार हवाई उद्धार कार्यका लागी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रपति महिला उत्थान समन्वय ईकाइकी प्रमुख महिला बिकास अधिकृत अन्जु ढुङगाना लाई ९८५१२५५२५४ मा सिधै सम्पर्क गर्न तथा [email protected] मा ईमेल गर्न सकिने छ ।

उक्त कार्य बिगतमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको महिला उत्थान कार्यक्रमबाट नेपाली सेना, स्थानिय स्वास्थ्य संस्था, स्थानिय तह र जिल्ला प्रशासन कार्यालयबाट हुने गरेको थियो ।

तर वास्तविक रुपमा सेवा लिनु पर्ने लक्षित वर्गले उक्त सेवा लिन कहाँ र कसरी सम्पर्क गर्ने भन्ने बारेमा द्धिविधा उत्पन्न भई सेवाग्राहीहरु प्रभावित हुने र गर्भवति र सुत्केरी महिलाको ज्यान झनै जोखिममा पर्ने देखिएकोले हवाई उद्धार सम्बन्धी उक्त कार्यको समन्वय सिधै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रपति महिला उत्थान समन्वय ईकाइकै पहलमा भैरहेको जानकारी गराईएको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको उक्त सुचनामा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले हस्तान्क्षेर गरेका छन ।

हेर्नूहोस, जिल्ला प्रशासन कार्यालय सल्यानको सुचना

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको