अब मुर्ख ट्रम्पलाई अफिसबाट गलहत्याउनुपर्छ

अब मुर्ख ट्रम्पलाई अफिसबाट गलहत्याउनुपर्छ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई बधाई दिँदै एक अश्वेत महिलाले डोनाल्ड ट्रम्पलाई कार्यालयबाट बाहिर निकाल्नुपर्ने बताएकी छिन्।

बाइडनलाई बधाई दिन पुगेकी टिना नाम गरेकी ती महिला निकै भावुक देखिन्थिन्। आफूले बाइडनलाई जीवनभर प्रेम गर्ने बताउँदै ती महिलाले ईश्वरसँग बाइडेनका लागि आशिर्वाद मागेको भिडियो विद्युतीय सामाजिक सञ्जालमा भाइरल बनेको छ।

निकै सरल व्यवहार देखाएका बाइडनलाई भेट्दा ती महिला निकै हर्षविभोर देखिन्थिन्। उनले बाइडेनलाई अंगालो हाल्दै गर्दा बाइडनले ‘धन्यवाद!’ भने र ‘फोटो खिच्नका लागि मोबाइल छ कि छैन?’ भनेर सोधे।

बाइडनसँग भेट्न पाएको उत्साहमा ती महिलाले आफूले फोन राखेको स्थान समेत भुलेकी थिइन्। बाइडनले ती महिलाको हातमा रहेको सामान आफूले लिइदिए र फोन खोज्न सहयोग गरे। बल्लतल्ल मोबाइल भेटेकी उनले आफूले बाइडनको धेरै समय लिएको बताइन्। तर बाइडनले भने, ‘समय लिनुस्, चिन्ता नलिनुस्!’

‘आज रातभर म निदाउन सक्ने छैन,’ अन्तिममा ती महिलाले भनिन्, ‘हामीले त्यो मुर्ख (ट्रम्प) लाई कार्यालयबाट गलहत्याउनुपर्छ।’

यसो भन्दै गर्दा सो भेटघाटमा हाँसोको फोहोरा छुटेको थियो।

शीर्ष समाचार

धेरै पढिएको