May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
सल्यानमा बाबु छोरा बनेर नागरिकता लिएको आरोपमा ससुरा ज्वाई पक्राउ

सल्यानमा बाबु छोरा बनेर नागरिकता लिएको आरोपमा ससुरा ज्वाई पक्राउ

असोज २०,सल्यान । ज्वाईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नं ७ बस्ने वर्ष ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नं ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नं ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक्स मियाँ रहेका छन् ।

पक्राउ पर्ने इँमाम बक्स मियाँ नाताले मुस्ताजका ज्वाईँ भएपनि छोरा बनेर नागरिकता लिएका हुन् । बुवा, विसमुल्ला मियाँका छोरा इँमामले दाङ बाट पटक पटक नागरिकताको लागि पहल र सिफारिस गर्दा समेत उनको नागरिकता नबनेपछि उनी ससुरालाई बुवा बनाएर नागरिकता लिन सल्यान आएको बुझिएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा नं ७ को सिफारिसमा उनले मिति २०७५ साल भाद्र २४ गते मुस्ताज मियाँको छोरा समीर मियाको नाममा उनले नागरिकता लिएका थिए । समीर मियाँको नामबाट नागरिकता लिए पनि उनको वास्तविक नाम भने ईमाम बक्स मियाँ रहेको पत्ता लागेको हो ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सल्यानले आज मंगलबार देखि लागु हुनेगरी नेपाल नागरिकता ऐन २०६४ (संशोधन सहित) बमोजिम जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनु भएको छ ।

 

शीर्ष समाचार

धेरै पढिएको