May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
सल्यानमा जंगलमा रुदै गरेको अवस्थामा एक बेवारिसे बालक भेटीए

सल्यानमा जंगलमा रुदै गरेको अवस्थामा एक बेवारिसे बालक भेटीए

असोज १९ , सल्यान । सल्यानमा एक बालक बेवारिसे अवस्थामा जंगलमा फेला परेका छन् ।

जिल्लाको शारदा न पा २ श्रीनगर- खलंगा सडक खण्ड अन्तरगतको सालघारी जंगलमा आज बिहान करिब ६ बजेको समयमा ती बालक रुँदै गरेको अवस्थामा फेला परेका हुन् ।

बालकको उमेर करिब १ बर्ष जतिको रहेको अनुमान गतिएको छ । बालक भेटिएको स्थान नजिकै बालकको कपडा र एउटा झोला समेत फेला परेको छ ।

श्रीनगरका स्थानिय प्राण कुमार राई लगायतका स्थानिय युवाहरु मोर्निङ्ग वाकमा निस्किएको बेला उक्त बेवारिसे बालकलाई रोइ राखेको अबस्थामा फेला पारेका थिए । त्यस लगत्तै उनिहरुले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलिले बच्चालाई उद्धार गरेर सल्यान अस्पतालमा पुर्याइएको बताइएको छ । आमाले बालकलाई रातिनै जंगलमा छाडेर गएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले ती बालकलाई सल्यान अस्पतालमा लगिएको, बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र बच्चा कसको हो भन्नेबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोबिन्द थापाले बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको