October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
माओबादी केन्द्र बाट वडाध्यक्ष लडेका महर्जन सहित ५ जना राप्रपामा प्रवेश

माओबादी केन्द्र बाट वडाध्यक्ष लडेका महर्जन सहित ५ जना राप्रपामा प्रवेश

असोज १५ सल्यान । सल्यानमा गत स्थानिय तहको चुनावमा नेकपा माओअबादि केन्द्रको तर्फबाट वडाध्यक्ष लडेका एक जना सहित ५ जना नेकपाका स्थानिय नेता कार्यकर्ताले राप्रपामा प्रवेश गरेका छन् ।

मंगलबार, राप्रपा सल्यानको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा जिल्लाको शारदा नगरपालिका वडा न. ३ मा गत स्थानिय चुनाब माओबादि केन्द्र बाट वडाध्यक्ष लडेका नरेन्द्र महर्जन र जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका पुराना कम्युनिष्ट नेता शिव वली लगाएत सिता नेपाली, सरिता नेपाली, बच्चु नेपाली र बच्छु नेपालीले पार्टी प्रवेश गरेका हुन् ।

नव प्रवेशिहरु लाई राप्रपाका पुर्व सहमहामन्त्री तथा हाल केन्द्रिय कार्य सम्पादन समिति सदस्य राजेन्द्र बिर रायले सदस्यता प्रदान गरेर स्वागत गर्नु भएको राप्रपा सल्यानले बताएको छ ।

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको