May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
वडाध्यक्ष बेपत्ता प्रकरणमा पार्टीलाई जोडेर हल्ला फिजाईएको भन्दै विप्लव नेकपाको ध्याणकर्षण

वडाध्यक्ष बेपत्ता प्रकरणमा पार्टीलाई जोडेर हल्ला फिजाईएको भन्दै विप्लव नेकपाको ध्याणकर्षण

असोज १४, सल्यान । सल्यान शारदा नगरपालिका – १३ का वडाध्यक्ष तुल्सीराम रावत केहि दिनदेखी परीवारको सम्पर्क विहिन भएको घटनालाई आफ्नो पार्टीसँग जोडेर हल्ला फिजाईएको भन्दै विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी सल्यानले घटनाप्रति गम्भीर ध्याणकर्षण भएको जनाएको छ ।

मंगलवार सेक्रेटरी तुफान द्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले वडाध्यक्ष रावत असोज ११ गतेदेखी वेपत्ता भएको खवर सुनिएको र घटनालाई नेपाल कम्युनिष्ट पार्टी सँग जोडेर हल्ला फिजाईएकोले भन्दै त्यस्ता निरर्थक हल्लाको पछि नलाग्न र प्रहरी प्रशासनलाई उत्तेजित नहुन अनुरोध गरेको हो ।

‘महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी यतिवेला नागरिकको जनजिवन र कोभिड १९ को सन्त्रासलाई ख्याल गर्दै सल्यान जिल्ला भित्र सवै किसमका संघर्षका कार्यक्रक तथा गतिविधि स्थगन गरेको कुरा सवैलाई सर्वविदितै होला ।’ विज्ञप्तीमा लेखिएको छ – ‘यसै सन्दर्भमा यहि मिति २०७७-०६ -११ गते देखी शारदा नगरपालिका अन्तरगत वडा न. १३ का वडाध्यक्ष तुल्सीराम रावत बेपत्ता भएको खवर सुन्नमा आएको र सो घटनाको आरोप नेपाल कम्यनिष्ट पार्टीलाई लगाएको बाह्य हल्ला फिजाएको हुदा यस निरर्थक हल्ला पछि नलाग्न र प्रहरी प्रशासनलाई उत्तेजित नहुन यसै बिज्ञप्ती मार्फत अनुरोध गर्दछौं ।’

राजनितिक बदनियत गर्ने उदेश्य सहित गरेको उक्त घटनाको सत्यतथ्य छानविन गर्न पनि पार्टीले माग गरेको छ । रावत असोज ११ गते घरबाट सदरमुकाम खलंगा जान्छु भनेर गएको र त्यसपछिबाट परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले बताएको थियो ।

बिज्ञप्ती :

शीर्ष समाचार

धेरै पढिएको