June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
छत्रेश्वरीमा करार कर्मचारीहरुद्धारा वडा कार्यालयहरुमा तालावन्दी, थप आन्दोलनका कार्यक्रम घोषणा

छत्रेश्वरीमा करार कर्मचारीहरुद्धारा वडा कार्यालयहरुमा तालावन्दी, थप आन्दोलनका कार्यक्रम घोषणा

असोज ११, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा आन्दोलनरत करार कर्मचारीहरुले ७ वटै वडा कार्यालयहरुमा तालावन्दी गरेका छन् । करार कर्मचारीहरुलाई राख्ने वा नराख्ने सम्वन्धमा गाउँसभामा प्रतिनिधित्व गर्ने नेकपा समर्थित बहुमत वडाध्यक्षहरु र कांग्रेस समर्थित अध्यक्ष, उपाध्यक्ष बिच करिब ४ महिना देखी चलिरहेको विवाद नटुंगिएपछि उनीहरुले आइतबार देखि अनिश्चतकालका लागि तालावन्दी गरेका हुन ।

छत्रेश्वरी गाउँपालिकामा विभिन्न सेवा समूहमा कार्यरत कर्मचारीहरुले लामो समयसम्म पनि आफ्नो मागहरु सुनुवाई नभएकोले आन्दोलनका थप कदम चाल्नुपरेको कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले बताए ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले शिक्षक तथा कर्मचारीहरु निरन्तर रुपमा अहिले सम्म पनि प्राप्त जिम्मेवारी अनुसार कार्यरत रहेको तर म्याद थप नभएको र हाल सम्म बजेट पारित नभएको हुँदा कर्मचारीहरुको म्याद थप गरी निरन्तरता दिनुपर्ने र गाउँपालिकाको बजेट यथाशिघ्र पारित गरी काम कार्यवाहीहरु सुचारु गर्नुपर्ने माग गरेका छन् । आफ्ना मागहरु पुरा नभएमा असोज १३ गते विरोध कार्यक्रम गर्ने र असोज १४ देखि अर्को निर्णय नभए सम्म धर्ना दिने र विरोध ¥यालीहरु गर्ने विज्ञप्तीमा जनाइएको छ ।

आफुहरु जिम्मेवार र उत्तरदायी रहेर काम गर्दै आएको र अहिले आफुहरुलाई हटाएर अन्याय गर्न खोजेको कर्मचारीहरुको गुनासो रहेको छ । उनीहरुले दुवै पक्ष सँग आफ्ना विचार र विषयहरु प्रस्तुत गर्न खोजेको भएतापनि नेकपा समर्थक समूहले आफ्नो कुराहरु सुन्नुको साटो अपमान र बेवास्ता गरेको संघर्ष समितिका उप संयोजक प्रभा डाँगीले बताएकी छिन् ।

गाउँपालिकामा अति आवश्यक भएर कर्मचारी तथा शिक्षकहरु नियुक्ति गरिएको र केही स्थानहरुमा शिक्षकहरु अझै आवश्यक रहेको अवस्थामा कर्मचारी हटाउनुपर्ने विषय उठाएर विवाद गरी गाउँपालिकालाई अनिर्णयको वन्दी बनाएको अध्यक्ष सन्तोष केसीले भनाई छ।

तर नेकपा समर्थक पक्ष भने कर्मचारी हटाउनु पर्ने, विषयगत समितिमा छलफल गर्नुपर्ने भन्दै पटक पटकको बैठकहरु बहिष्कार गर्दै आएको छ । बैठकमा सहमति नभएपछि दुई पक्ष बीचको वार्ताबाट पनि निकास खोज्ने प्रयास गरिएको तर वार्ता पनि सफल नभएको श्रोतले बताएको छ ।

सोही विवाद नमिल्दा छत्रेश्वरीमा चालु आर्थिक वर्षको बजेट समेत पारित हुन सकेको छैन। दुई पक्षको विवादको कारण गाउँपालिकाले चालु आर्थिक वर्षको कुनै पनि क्रियाकलाप सन्चालन गर्न सकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको