June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
सल्यानका पत्रकार सवार स्कारपियो दाङमा दुर्घ’टना, ६ जना घाइते

सल्यानका पत्रकार सवार स्कारपियो दाङमा दुर्घ’टना, ६ जना घाइते

असोज ८, सल्यान। लमही घाेराही सडकखण्ड स्थित कुलमाेड देखि करिब दुई किलोमिटर अगाडि  सल्यानका पत्रकार सवार  स्कारपियो  दु’र्घटना भएको छ । विहिवार बिहान  बा २ च ९५३१ नम्बरको स्कार्पियो गाडी दु’र्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ६ अन्तरगत कुलमोहर देखि पाँचसय मिटर उत्तर तर्फ सीता भरार भन्ने स्थानमा सडक बाट स्कारपियाे  झन्डै पचाँस मिटर तल खसेको छ ।

दुर्घ’टनामा सल्यान स्थित रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर नगरपालिका वडा नं ५ का तुलाराम परियार,  लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रका बहिनी वर्ष १५ वर्षिया नोखी केसी, तुलसिपुर उपमहानगर पालिका वडा नम्बर ५ का प्रकाश ओलि, सल्यान छत्रेस्वरी गाउँपालिका वड नम्बर ३ का चालक सन्तोष बुढाथोकी रहेका छन् ।

अहिले घाइ’तेहरु दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट सल्यान फर्किने क्रममा  स्कारपियाे दुर्घ’टना परेको हो । दुर्घटनामा अरूको अवस्था खतरामुक्त भएपनि रेडियो मध्यपहाड एफ.एममा कार्यरत बागचौर नगरपालिकाका  तुलाराम परियारको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारको लागी लमही बाट नेपालगंज रिफर गरिएको पत्रकार भरत रोकायले बताए ।

घाइते पत्रकार खगेन्द्र केसीका अनुसार आफुहरु सवार गाडीको गति अत्याधिक तिब्र भएको, घुम्ती भएको, विपरित दिशा बाट मोटरसाइकल आइरहेको र मोटरसाइकललाई बचाउने क्रममा ड्राइभरले नियन्त्रण गुमाउदा गाडी खोलामा खसेको हो ।

शीर्ष समाचार

धेरै पढिएको