June 14, 2021, Monday
२०७८ जेष्ठ ३१, सोमबार
सल्यानमा बस दुर्घट’ना, १६ जना यात्रु घाइते, चालक फरार

सल्यानमा बस दुर्घट’ना, १६ जना यात्रु घाइते, चालक फरार

भदौ ३१ ,सल्यान । सल्यानमा गाडी दुर्घट’ना भएको छ। दुर्घट’ना बाट १६ जना यात्रु घाईते भएका छन। जिल्लाको भोटेचौर बाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घट’ना भएको प्रहरीले बताएको छ।

१७ जना यात्रु सवार गाडी दुर्घट’नाबाट ६ जना महिला र १० पुरुष घाइते भएको उद्दारमा खटिएका प्रहरीले बताएका छन। घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।

घाइते मध्यका १ जनालाई बढी चोट लागेको छ। उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पताल श्रोतले जनाएको छ।

घाइते हुनेमा दार्मा ६ का भक्त केसि, बागगचौर ६ का पदम वलि, दार्मा ६ का नेत्र मल्ल, छत्रेश्वरि ७ कि राधिका खड्का र भुमिका खड्का, जानकी गाउपालिका ५ कैलालिका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरि ६ का नवीन घर्ती,अपेक्षा केसि,तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडिका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसि रहेको प्रहरिले बताएको छ।

गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ। गाडी कसरी दुर्घट’ना भयो भनेर घटनाबारे अनुसन्धान सुरु भएको र गाडी चालक फरार भएकोले खोजीकार्य जारी रहेको प्रहरिले बताएको छ। गाडी आज बिहान साढे १० बजे दुर्घट’नामा परेको थियो। घाइतेहरुको अबस्था बुझ्न छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष सन्तोष केसि र वडा नम्बर ६ का अध्यक्ष दिपमनी दसौदी अस्पताल पुगेका थिए

शीर्ष समाचार

धेरै पढिएको