May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
पुर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ सँग भेट्दा एउटा छुट्टै उर्जा र गाैरवकाे अनुभुती हुन्थ्यो: विजय खड्का

पुर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ सँग भेट्दा एउटा छुट्टै उर्जा र गाैरवकाे अनुभुती हुन्थ्यो: विजय खड्का

विजय खड्का

नेपालकाे राजनीतिमा राष्ट्रियताकाे दृष्टिकोणवाट हेर्नू पर्दा मरिचमान सिँह श्रेष्ठ एउटा छुटाउनै नहुने नाम हाे । पंचायत पृष्ठभूमिवाट सल्यानवाट राष्ट्रिय राजनीतिमा उदाएका उनलाई आज पनि धेरै नेपालीले श्रद्धा गर्दछन ।

जब मुलुक भारतीय नाकावन्दिकाे तिव्र चपेटामा थियाे, त्यस्तो अवस्थामा भारतसंग नझुकि मुलुककाे स्वाभिमानलाई थप उचाइमा पुर्याउने उनी एक सच्चा राष्ट्रवादी राजनीतिज्ञ थिए। आज पनि नेपाली जनताले भारतिय नाकाबन्दी वि’रूद्ध उनले देखाएकाे काैशललाई मुक्त कण्ठले प्रसंशा गर्दछन्।

निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका श्रेष्ठ दुर्गम जिल्ला सल्यानवाट दिग्गज पञ्चहरूलाई माथ दिँदै नेपालकाे राजनीतिक क्षितिजकाे उचाइमा पुगेका व्यक्तित्व हुन । मेराे कलेज जीवन देखि नै उहाँ संग एक प्रकारको राजनीतिक सामिप्यता रह्यो । मेराे उहाको घर परिवारका सदस्यहरू संग पनि घनिष्ठता नै रह्याे ।

वहुदलिय व्यवस्थाकाे आगमन पछि उहाँ कुनै पार्टी संग पनि संलग्न हुनु भएन तर राष्ट्रवादी युवाहरूलाई संगठित गर्नकाे लागि केही समय “सेभ द नेसन” भन्ने अभियान चलाउनु भयाे। त्यहि अभियानलाई युवाहरू विच पुर्याउने शिलशिलामा उहाँ सँग मेरो भेट भएकाे थियाे । धेरै वहस गर्न रूचाउने , गहिराे चिन्तन पछि नतिजामा पुग्ने, आफ्नाे मात्र कुरा नलाद्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको गहिराे अध्ययन उहाँमा रहेकाे थियाे।

नेपालका वामपन्थी रूझानका ठुला नेताहरू पनि राष्ट्रियताकाे सवालमा उहाँ संग वारम्वार छलफलमा आएकाे मैले देखेकाे छु । राष्ट्रवादी चिन्तन र साेच उहाँमा प्रवल रहेकाे थियाे । अहिलेकाे राजनीतिलाई व्यापारीकरणले थिचेकाे छ । भ्रष्टाचार संस्थागत भएकाे छ । उहाँको त्यो भन्दा पृथक धारकाे राजनीतिक मूल्य र मान्यतामा उहाँको विश्वास थियाे।

सानाे भुईतले घर, जिविकाेपार्जनकाे लागि कुखुरा पालन गरेका, शिखर चुराेट र चियाकाे अम्मली नेपालका स्वर्गीय पुर्व प्रधानमन्त्री मरिचमानसिँह श्रेष्ठ संग भेटदा एउटा छुट्टै उर्जा र गाैरवकाे अनुभुती हुन्थ्यो ।

राजा महेन्द्र पछि राष्ट्रवादी छवि भएकाे नेपाली उहाँ हाे । एउटा औसत साधरण जीवन विताउनु भयाे तर कतै झुक्नु भएन । चुक्नु भएन । कसै संग संम्झाैता गर्नु भएन । पैसा र पदकाे लागि लालसा नराखी राष्ट्र र जनताकाे लागि जीवनपर्यान्त लागि रहनु भयाे।

देहा’वसान पछि पनि पुर्व प्रधानमन्त्रीकाे हैसियतले प्राप्त हुने सरकारी सम्मानलाई परिवार लगाएत उहाँका अनुयायीहरूले अस्विकार गरे । एउटा पुर्व प्रधानमन्त्रीकाे साधरण नेपालीकाे हैसियतमा नेपाली जनताले पशुपति आर्यघाटमा अन्तिम सम्मान गर्याे । एक सच्चा राष्ट्रभक्त पुर्व प्रधानमन्त्री मरिचमानसिँह श्रेष्ठ प्रति उहाँको साताै स्मृति दिवसमा हार्दिक श्र’द्धाञ्जली ।

नोट : विजय खड्का, राप्रपाका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख हुनुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको