June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
स्वर्गीय पिताको सम्झनामा विद्यालयमा रु. १ लाखको अक्षय कोष स्थापना

स्वर्गीय पिताको सम्झनामा विद्यालयमा रु. १ लाखको अक्षय कोष स्थापना

मेघा रेउले

साउन २०, सल्यान। सल्यानमा गाईजात्रा पर्वको अबसर पारेर स्वर्गीय पिताको सम्झनामा छोराहरुले विद्यालयमा रु. १ लाखको अक्षय कोष स्थापना गरेका छन् ।

स्वर्गीय पिता क्षेत्रलाल श्रेष्ठको सम्झनामा छोराहरु विजयलाल श्रेष्ठ र वर्षात श्रेष्ठले त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङ सल्यानमा रु.१ लाख रकमको अक्षय कोष स्थापना गरेका हुन्।

कक्षा १० र १२ मा अध्ययनरत दुई जना छात्र छात्राहरुलार्ई भाद्र ४ गते विद्यालयको वार्षिक उत्सवका दिन छात्रवृत्ति प्रदान गर्न श्रेष्ठ परिवारका तर्फ बाट रु. १ लाखको अक्षय कोषको रकम हस्तान्तर गरिएको क्षेत्रलालका छोरा विजयलाल श्रेष्ठले जानकारी दिए ।

कक्षा १० मा अध्ययनरत स्कुल टप विद्यार्थीलाई र कक्षा १२ अध्ययनरत विज्ञान विषय लिएर पढ्ने मेहनती र जेहनदार विद्यार्थी लाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो रकम हस्तान्तर गरिएको क्षेत्रलालका अर्का छोरा वर्षात श्रेष्ठले बताए ।

हस्तान्तरण गरेको रकम बुझ्दै त्रिभुवन जन माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव विक्रम जिसीले श्रेष्ठ परिवार प्रती विद्यालयले आभार ब्यक्त गरेको जनाएका छन ।

शीर्ष समाचार

धेरै पढिएको