May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
विपि कोइराला दक्षिण एसियाकै सर्वश्रेष्ठ नेता : निम बहादुर ओली

विपि कोइराला दक्षिण एसियाकै सर्वश्रेष्ठ नेता : निम बहादुर ओली

नेपाली काङ्ग्रेस सल्यानका कार्यवाहक सभापती निम बहादुर ओलीले विपि कोइराला नेपाल, दक्षिण एसिया लगाएत, विश्वकै राजनितिक क्षेत्रमा सर्वश्रेष्ठ नेता भएको बताउनु भएको छ ।

मंगलबार विपि स्मृति दिवसको अवसरमा नयाँ दृष्टि डटकमको ‘विपि कोइराला सम्मान सम्झना र श्रद्धाञ्जली’ विषेसमा श्रींखलामा कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘नेपालमा राणा शाषणको अन्त्य गर्ने, पञ्चायती शाषणको अन्त्य गर्ने सन्दर्भमा होस वा नेपालमा राष्ट्रियता , प्रजातन्त्र र समाजवाद प्रवद्र्धन गर्ने सवालमा विपिको ठुलो योगदान छ ।’ उहाँले भन्नु भयो – ‘विभिन्न शारिरिक मानसिक यातना, जेल र भुमिगत जिवनको कठिनाइ झेलेर नेपाल र नेपाली जनताको रुपान्तरणमा विपिले पुर्याउनु भएको योगदानलाई सामान्य मानवको रुपमा मुल्याङ्कन गरेर हुदैन ।’

उहाँले विपि बाट जुनसुकै राजनितिक दलका कार्यकर्ता पनि धेरै ज्ञान सिक्न सक्ने वताउनु भएको छ । ‘विपि बहुआयामिक गुण र क्षमता भएको व्यक्ति हुनुथ्यो । उहाँमा राजनितिक, सामाजिक, आध्यात्मीक, वौधिक क्षमता उत्तिकै थियो ।’ उहाँले भन्नु भयो – ‘त्यसैले उहाँको सँगत सम्बन्ध माओ महात्मा गान्धी र फिडेल जस्ता राजनेताहरु सँग थियो ।’

अहिले नयाँ पुस्तामा परिस्थीतीको बिश्लेषण नगर्ने, लहलहैमा नाम, संमान कमाउन खोज्ने बिकृती आएको भन्दै उहाँले राजनितिक आचरण र व्यबहारमा क्षमता वृद्धि गर्दै राजनिति गर्न विपि बाट सिक्नुपर्ने बताउनु भयो ।

साथै विपिले नेपालको राजनितिक, सामाजिक, आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन अघि सारेका बिचारहरुलाई समसामयिक परिस्थितिमा कार्यन्वयन गरेर मात्रै विपि प्रति सम्मान हुने उहाँको भनाई छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको