October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
प्रमाण पत्र बिना नै विद्यार्थी भर्ना गरेको प्रति प्याब्सन सल्यानको गम्भीर ध्यानाकर्षण

प्रमाण पत्र बिना नै विद्यार्थी भर्ना गरेको प्रति प्याब्सन सल्यानको गम्भीर ध्यानाकर्षण

सल्यानका कतिपय विद्यालयहरुले अर्काे विद्यालय बाट प्राप्त गर्नु पर्ने शैक्षिक प्रमाण – पत्र बिना नै विद्यार्थीहरु भर्ना गरेको भन्दै निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (PABSON) सल्यानले उक्त बिषय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आईतवार प्याब्सन सल्यानका अध्यक्ष जितबहादुर भण्डारी र सचिब खिमराज डिसीले संयुक्त रुपमा एक  ध्यानाकर्षण पत्र जारी गर्दै यस्तो बताएका हुन । ध्यानाकर्षण  पत्रमा उक्त कार्य देशको ऐन, कानुन, नीति, नियम बिपरित भएकाले यस्ता  कार्य कोहि कसैले नगर्न र नगराउनु हुन अपिल गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ – ‘लामो समयको बन्द पछि नेपाल सरकारले बिस्तारै शैक्षिक गतिबिधिलाई अगाडि बढाउने राज्यको निति अनुरुप संस्थागत तथा सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक बितरण गर्ने एवं अभिलेखिकरण गर्दै विद्यार्थी भाई बहिनीहरु लाई पढाई तिर अभिप्रेरित गरिरहेको सन्दर्भमा सल्यान जिल्लाका कतिपय विद्यालयहरुले विद्यालय बाट प्राप्त प्रमाण पत्र बिना नै भर्ना गरिएको बिषय प्रति जिल्ला प्याब्सन सल्यानको गभिर ध्याणाकर्षण भएको छ । यस्ता कार्य देशको ऐन कानुन निति नियम बिपरित भएकाले कोहि कतै बाट गर्नगराउन नहुनको निम्ती जिल्लामा संचालित सम्पुर्ण संस्थागत तथा सामुदायिक विद्यालयलाई जिल्ला प्याब्सन हार्दिक अपिल गर्दछ ।’

शीर्ष समाचार

धेरै पढिएको