October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
पहिलो मायाको नाममा

पहिलो मायाको नाममा

तेज विक्रम ओली

आज बत्ति आयको थिएन । साथी अजयको कोठामा गयकोले म एक्लै कोठामा खाना बनाउदै बसिरहेको थिय ।बेलूकि ०९ बजे खाना खाईसकेपछी लगभग सूत्ने तरखरमा थिए , झ्याप्प लाईन आयो वाई-फाई कोठामै जोडिएकोले मोबाइलमा connected थियो र त घण्टी बज्यो ट्वाङ ट्वाङ ।

हेर्नु पर्यो भनेर मोबाइलको छेउमा गै lock खोले notification button मा रातो बलेको रहेछ , दायाँ हातको चोर औलाले रातो button दबाय लेखिएको थियो सारदा sent a photo .
भर्खर अस्ति मात्र फेसबूक साथी बनेकी उनिले मलाई मेरो बाल्यकालमा बितायका स्कूलका दिनहरूको याद दिलाइन ।

कस्तो अचम्म ! बेन्चमा डटपेनले कालो बनाएर , ढाेका हरूमा सरको मार्कर चोरेर , कक्षाका भित्ताहरूमा पेन्सिलले रगडेर लेख्ने गर्थे आफ्नो नाम । जताततै आफ्नो नाम लेख्ने रहर थियो मनमा । कापीका बाहिरि गाथा अनि शुरुका पानाहरूमा । किताबलाई पट्ट्यायर सबै पानाहरूमा देखिने गरेर त्यसैगरी हातको नाडीमा । बिद्यालयको नाम लेखिएको त्यो साईन बोर्डमा सर्टको बाहुलामा । जताततै लेखेको हुन्थेँ आफ्नो नाम ।

तर पछि मेरो नाम सङसङै अरूकसैको नाम पनि जोड्ने इच्छा म मा जागेर आयो , र त मैले लेखेको थिए सक्षम + सारदा त्यो चर्पी भित्र यूरिनल भन्दा केही माथिको भित्तामा मैले लेखेको भनेर मेरो अक्षर नचिनेगरि । यदि मेरो अक्षर सरले चिन्नु भयो भने कूटनूहून्थ्यो नि मलाई ।

थाहा छ ? यदि तिमिले कसैलाई आफू संगै राख्न चाह्यौ भने नि त्यो सङ तिम्रो माया बसेको हून्छ रे , मेरो दादाले जागीर खायपछी भाउजूलाई नि संगै लियर जानूभयको थियो ,आफू संगै राख्नलाई । मैले पनि आफूलाईनै थाहा नदियर तिमिलाई आफ्नो नाम संगै राख्ने निधो गरिसकेछू । कतै म तिमिलाई माया त गर्दिन्ननी ? नत्र किन मैले आफ्नो नाम सङ तिम्रो नाम लेखे त ?

थाहा छ हिउँदमास म र आमा सङै कोठाको झ्यालबाट बाहिर हेरिरहेका थियौ , मैले स्वास फेर्दा झ्यालमा वाफ जम्मा हून्थ्यो जहाँ चोरऔंलाले लेखेको थिएँ, सक्षम +सारदा । एक अक्षर पनि नपढ़नु भएकी मेरि आमा छेउमा हुनुहुन्थ्यो, तैपनि तिम्रो नाम पढ्नुहोला भन्ने लाजले हत्तपत्त मेटेको थिएँ । मायामा जति लाज अनि डर त केहीमा पनि नहुँदोरहेछ !

मेरो एउटा बानी तिमीलाई सूटुक्क भन्छु ल ! मलाइ तिमि बस्ने बेन्चको नजिक केही काम नभयपनी आउन मन लागिरहन्थ्यो , तिमिसङै बोल्न मन लागिरहन्थ्यो । मलाई त्यतिबेलाको कुरा याद छ , जतिबेला तिमी धेरै दिन स्कूल आयकि थियनौ । सायद बिरामी परेकी थियौ । मिसले सोध्दामात्र लाजले राती हूदै पेट दुखेर नआएको भनेकी थियौ । पेट दुखेर आउन नसक्दा पनि तिम्रो अनुहारको चमक र खूसि देखेर आश्चर्यचकित भएको थिएँ म । पहिलोचोटि केटीमान्छेलाई मात्र पेट दुख्छ रे भनेर स्वास्थ्य पढाउने सरले भनेको सुन्दा मलाई अचम्मले मर्नु बनाएको थियो । मनमनै सोचे केटीलाई महिनावारी भयछ ।

अर्कोदिन शारिरिक पढाउने सरले हामीलाई कबडृडि खेलाईरहनू भएको थियो । त्यतिबेला तिमिलाई मैले छोयर आउट गर्दा तिमितिरै हेरिरहेको थिय । त्यसबखत तिमीले माथिल्लो ओठलाई तल्लो ओठभित्र घुसारेर ओठ लेब्र्याएकी थियौ ।

याद छ, स्वास्थ्य, जनसंख्या तथा वातावरण किताबमा भयको प्रजनन स्वास्थ्य पाठमा भएका फोटा नै तिमिले भगवान रिसाउछन भनेर च्याथेकी रे ! मैले दिउँसोको ब्रेकमा तिम्रो किताब खोल्दा पत्ता लगायको । कति बुद्धु थियौ है तिमी, प्रजनन अंगका फोटा हुँदैमा किताब कहाँ अशुद्ध हुन्छ र ! भगवानले नै बनाएका अंगका फोटा हुँदैमा भगवान कहाँ रिसाउँथे र लाटी ?

तर जे भयपनि बालापनका खुशीहरू, किशोराबस्थाका सबै रहरहरू कहाँ पुरा हुन्छन् र ! ती त धोद्रो भएर स्वर फेरिएझैं फेरिदा रहेछन । जुँगाका रेखी बसेर छिप्पिएझैं छिप्पिंदा रहेछन शरीर अग्लो भयझै अग्लिदा रहेछन । बालापनमै माया गर्छु भनेको भए त्यो मायाको रुप अर्कै बुझिने थियो । हुर्किएर माया गर्छु भन्दा ओठहरू डराए ।

समय कति चाँडो बितिजाँदो रहेछ ! आँखा झिमिक्क गर्दा नगर्दै फेरिए कैयौँ मङ्सिरहरू । रोएर गए कैयौँ बर्खाहरू । सूकायर गय कैयौं जेठमासहरू ! सायद तिम्रो र मेरो नाम खोपिएका चर्पिका भित्ताहरू पनि सकुसल छैनन् होला आजकल । अडिएनन् कहिल्यै पनि सिसाको बाफलाई औँलाले कोतरेर लेखेको तिम्रो र मेरो नाम । केवल messangerमा आइपुगेको फाेटाे जो बिहेको कार्ड थियो । त्यसैमा एक्लै चम्किलो बनेर बसिरहेको रहेछ तिम्रो नाम । मलाई तिम्रो नाम संग मेरो बाहेक अरूको नाम भएको मन पर्दैन र त तिम्रो नामको छेउमा भएको फलानाको आयुष्मान सुपुत्रको नाम पनि राम्रो लागेन ।

त्यसदिन देखि सबैतिरबाट मेटाएको छु तिम्रो नाम । निधारमा नलेखिएको नाम अन्त जता लेखे पनि केही अर्थ नहुँदोरहेछ । छातीमै ट्याटु खोपाएर लेखे पनि मन परेको मान्छेको नाम, त्यही मान्छे मुटुमा नबसेपछि केही महत्त्व नहुँदोरहेछ ।

शीर्ष समाचार

धेरै पढिएको