सहिदका सपनाहरु

सहिदका सपनाहरु

तेज बिक्रम वली

देश र जनताको हक हितको लागि आफ्नो ज्यानको आहूती दिने महान सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। विभिन्न समयमा चाहे सिमा रक्षाको समयमा अङ्ग्रेज संगको भिड’न्तमा होस, चाहे राणाकाे विरु’द्धमा धा’वा बोल्दा होस । चाहे पन्चायत विरुद्ध बोल्दा होस चाहे, राजतन्त्र ढाल्दा होस। मेरा बा लगायतका हजारौ सहिदले देखेका सपना र हामी सच्चा देशभक्त नेपालीहरूका सपनाहरु सायद यो भन्दा फरक नहोलान ।

एउटा सुन्दर देश जहाँ नारीहरू पूरुष सरह नभई दोस्रो दर्जाको नागरिक भयर बाच्नु पर्दैन , जहाँ हाम्री दिदिबहिनीहरू छोरी चेलिहरू भारत लगायतका अन्य दोस्रो मूलूकमा भोगबिलास तथा दासीको रूपमा बेचिनू पर्दैन । जहाँ मानव मानव बीचमा विभेद नभएर समानता छायको हुन्छ। दलितमाथि कूनै दमन हूर्दैन। जहाँ सूकूमबासी ले त्रिपाल टाँगेर चिसो हूरी बतासमा कहालीलाग्दो जीवन बाच्नू पर्दैन। जहाँ नेपालका यूबाहरू खाडिमूलूकमा नोकर चाकरको दासको जीवन बाच्नू पर्दैन। जहाँ हाम्री आमाहरू बोक्सीको आरोपमा गाउँबाट लखेटिनू पर्दैन । जहाँ कोहि नेपाली भोको हुदैन । जहाँ सबै नेपालीलाई गाँस , वास कपास, शिक्षा, स्वास्थ्य, रोजगारी मिल्नेछ । जहाँ चरीको जस्तै स्वतन्त्र जीवन मिल्नेछ । जहाँ गरिब र धनीले लिने शिक्षामा अन्तर हुदैन। जहाँ जमिन जोत्ने को हकमा हून्छ । जहाँ भ्रष्ट देशद्रोही नेताकार्यकर्ता र कर्मचारी हूदैन । जहाँ कर्मकै आधारमा विभेद हूदैन। जहाँ प्रत्येक ब्यक्ति आत्मानिर्भर र स्वरोजगार हूनेछ । हो, त्यही देशको कल्पनामा हूनूहुन्थ्यो महान सहिदहरू र हामी नेपाली पनि छौ ।

तर बिडम्बना! हाम्रो देश आज ती सबै सपनाको बिपरित छ ।
देश ऋणमा भासिएको छ । रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ । भ्रष्टाचारले देश चूर्लूम्मै डुबेको छ । बिदेशी कम्पनी ncell को कर कान्ड , वाइडबडि कान्ड , निर्मला हत्या कान्ड सबै सेलाएर गए । अरू त अरू हाम्रा वीर पूर्खाले पानी समेत नभनी आर्जेको नेपाली भूमी लिपूलेख , लिम्पियाधूरा , कालापानी सबै बेचेर खाए यी कायर नेताले । देश भित्रै आपसी तानाखिची गर्ने कूर्सिका भोका यी भ्रष्टहरूको जमातले देशलाई खोक्रो बनाइ सके ।अझ लगाउदै छन् – समृद्धि को भासण , देखाउदै छन मेलम्चीको सपना , वाड्दै छन स्वरोजगारको सपना !

देशका नेतृत्वदायी भूमिका निभाउने ओलि बा आफ्नो स्वास्थ्य उपचार गर्न फूर्सद छैन। फेरि महारानी भण्डारी सबैले पूज्ने देवता हो बोल्ने कूरै भएन। १४ हजारको होलि खेलेर आउनूभयका प्रचण्ड आफ्ना आसेपासे र नातागोतालाई कसरी पद र कुर्सी मिलाउने र आफ्ना विरुद्ध बोल्नेलाइ कसरी गून्डा परिचालन गर्ने योजना बनाउन ब्यस्त अनि देउवा सत्तामा हूदा केही लछारपाटो लगाउने हैन बाहिर आयपछी अरूलाइ दोष लगाउदै पून: कसरी मन्त्री पड्काउने भनी सोच्न फूर्सद छैन । झोले अनपढ गवार कार्यकर्तालाई नेताको जयजयकार गर्दै ताली पित्दै १० हात माथी उफ्रिन भ्याइनभ्याई छ । पूलिस नेताको झोला बोक्न र सरूवा मिलाउनलाई नेता हाकिमको गोडा मोल्न ब्यस्त छन । अनि देशमा परिवर्तन र समृद्धि कहाँबाट आओस !

महान सहिदहरू आज तपाईंका सपनाहरूलाई ठिक बिपरित प्रयोग गरिरहेछन यी स्वार्थि मतिभ्रष्ट र लुटेराहरूले । नेताको महलको बाँस, भ्रष्टहरूको जमात र यूवाको खाडिमा वास भन्दा कूनै उपलब्धि भएको छैन । १ राजाको ठाउमा सयौं राजा जन्मिए। आहिले देश पूरै खोक्रो भैसकेको छ। यूवा जति सबै बिदेशी भूमिमा छन। यो देश बनाउने र तपाईंका सपना सम्झिने यहाँ १ जना पनि भेट्न मूस्किल छ । फेरि एकपटक यो देश बनाउने हो भने यहाँ सबै देशभक्त नेपाली यूवा देशलाई माया गर्ने नेपालीजन एकजुट हून जरुरी छ । जसका लागि कर्मचारी तर्फ कूलमान घिसिङ , पत्रकार तर्फ अपिल त्रिपाठि ,रबि लामिछाने , समाजसेवी धूर्मूस सून्तली कलाकार तर्फ कृष्ण कडेल जस्ता सन्तान नेपाल आमाले जन्माउन जरुरी छ । अनि हून्छ, सहिदको सपना साकार ।अनि बन्छ समृद्ध नेपाल , नेपालको शिर र ठाडाे पार्न , स्वाभिमान बनाउन भासण हैन काम चाहिन्छ । काम ।

लेखक, रोल्पा जिल्ला गंगादेव गापाका जनयु’द्धका सहिद दुर्गे वली ” जुनकीरी ” का पुत्र हुन ।

शीर्ष समाचार

धेरै पढिएको