May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
तारादेव शर्माको घरमा आ’क्रमण, आमा र श्रीमती घाइते

तारादेव शर्माको घरमा आ’क्रमण, आमा र श्रीमती घाइते

बागचौर नगरपालिका २ चयालागाउँका तारादेव शर्माको घरमा आक्र’मण भएको छ। सोमबार दिउसो १२:३० बजेतिर बसन्त शर्माको नेतृत्वमा आएका गाउलेहरुले घेरा हालेर घरमा आ’क्रमण गरका हुन् । उनीहरुले घरमा ढुंगामुढा गरेको र परिवारका सदस्यहरुलाई हातपात गरेको तारादेव शर्माले बताए ।

आक्रमनमा परि शर्माकी आमा पुनासरी शर्मा र श्रीमती लक्ष्मीदेवी शर्मा घाइ’ते भएका छन् । उनीहरुको घाटी, पेट, हात र खुट्टामा चो’ट लागेको र घाइ’तेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र थारमारेमा सामान्य उपचार पछि थप उपचारको लागी हिजो बेलुका रिफर गरिएको र तुलसीपुरको सिटि अस्पतालमा उपचार पछि मंगलवार दिउसो उनीहरुलाई डिस्चार्ज गरिएको बताएको छ।

तारादेव शर्मा र गाउलेहरुको बिचमा खानेपानीको मुहानको बिषयमा लामो समय देखि विवाद रहदै आएको छ । खानेपानी मुहान विवादको उक्त मुद्धा बागचौर नगरपालिकाको न्यायिक समितिमा विचाराधीन अवस्थामा छ भने मुहानमा निर्माणाधीन ट्यांकी तोडफोड गरेको आरोपमा तारादेव शर्मा करिव ३ हप्ता प्रहरी हिरासतमा बसेर एकलाख पचास हजार धरौटीमा जिल्ला अदालत सल्यान वाट फागुन १८ गते रिहा भएका थिए ।

सोमबार बिहान बसन्त शर्मा अध्यक्ष रहेको निर्माण उपभोक्ता समितिले पुन काम अधि बढाए पछि मुद्धा विचाराधीन रहेको अवस्थामा रहेको र लकडाउनको समयमा काम सुरु नगर्न आफुले आग्रह गरेको तर दिउसो उनीहरुले घरमा आएर आक्रमण गरेको तारादेव शर्माको भनाइ छ।

तर चयालगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष बसन्त शर्माले भने तारादेवले भनेजस्तो नभएको बताएका छन । २ दिनका लागि १० बोरी सिमेन्ट प्रयोगका लागि अनुमती मागेर काम गरेकाे बताएका छन । उनले भने – ‘तारादेवले गाउलेले प्रयोग गर्ने पानीको पाइप फालेका विषयमा छलफल भएको हो । त्यसमा तारादेवको आमाले अन्य महिलालाइ पहिला हातपात गरेकाले गाउलेले वरपरबाट ढुंगामुढा गरेको सत्य भएको र दुवैपक्षका व्यक्तिहरूमा चो’ट लागेको बसन्त शमाले बताएका छन ।

तारादेव शर्माको खेत नजिकै रहेको उक्त मुहानको पानि चयालागाउ सम्म लिफ्ट सिस्टम बाट पुर्र्याउन बागचौर नगरपालिका बाट बजेट बिनियोजन गरिएको छ तर उक्त मुहानमा आफ्नो स्वामित्व हुनुपर्ने दावी सहित शर्माले उक्त मुहानको पानि आफुले पढाउने बोर्डिङ स्कुल र बागचौर पुर्याएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको