October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
कोरोना संक्रमण बाट बच्न साबुन वितरण र सचेतना

कोरोना संक्रमण बाट बच्न साबुन वितरण र सचेतना

सल्यान : कोरोना भाइरस (covid 19) को संक्रमण बाट बच्न सिद्ध कुमाख गाउपालिका वडा न.१ का सबै घरहरुमा साबुन बितरन गरिएको छ । शुक्रवार मोखला बजार, धानेटाकुरा, हम्पाल, कुकुरेखोर, पटारे बजार, बडाचौरमा, दुबेरी, मेलबोट, तल्लो बाँझकाँडा , उपल्लो बाँझकाँडा , मेलचैर, कागखोला, टिमुरखोली, चाखलीघाट बजार, बेलौतिघारी र ज्यामिरे टोलका जम्मा ७६५ घरधुरीमा साबुन वितरण गरीएको हो।

सिद्दकुमाख गाउँपलिका वडा नं १ को कार्यालय तथा स्वस्थ्य चौकी बांझाकाडाको संयुक्त आयोजनामा साबुन बितरन गरिएको हो । वडाध्यक्ष रामबहादुर बस्नेत, वडा सदस्यहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, ढोरचौर प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेवीकाहरु, आमा-समुहका सद्स्यहरुको सक्रियतामा साबुन वितरण सँगै कोरोना माहामारीको उच्च जोखिमबाट बच्न सरकारको निर्देशीत लकडाउनको मर्म र भावना अनुरुपका आचरण गर्न , नियम पालना गर्न र सतर्कता अपनाउन माइकिङ गरीएको स्वास्थ्य चौकी बाँझकाँडाका अहेव भुपेन्द्र कुमार ओलीले नया दृष्टि डटकमलाई बताउनु भएको छ।

शीर्ष समाचार

धेरै पढिएको