October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
कांग्रेसका युवा नेताले गरे , १ सय ५० भन्दा बढी बिपन्न परिवारलाई खाद्यान्न  बितरण

कांग्रेसका युवा नेताले गरे , १ सय ५० भन्दा बढी बिपन्न परिवारलाई खाद्यान्न बितरण

मिना खड्का

सल्यानकाे दार्मा गाउपालिकाकाेेे एक परिवारले १ सय ५० भन्दा बढी विपन्न घर परिवारलाई ३ लाख बराबरको खाद्यान्न बितरण गरेको छ । काेराेना भाइरसका कारण सरकारले गरेको लकडाउनकाे निर्णयलाई सहयोग गर्न र विपन्न जनतालाई समस्यामा पर्न नदिन दार्मा गाउपालिका वडा नम्बर ५ का विपन्न वर्गलाई सामाग्री वितरण गरियकाे हाे ।

वि.पि बिचार राष्ट्रिय समाज सल्यानका जिल्ला सदस्य , तरुण दल दार्मा गाउपालिका सल्लाहकार नेपाली काग्रेसका युवा नेता बिशाल शिहं तथा संयुक्त सिहं परिवार लगायतकाे सहभागितामा बिशाल शिहंका हजुरबुवा नेपाली काग्रेस ढाकाडाम का पुर्व सस्थापक नेता भेद बहादुर सिहंकाे सम्झना स्वरुप प्रति व्यक्ति एक बाेरा चामल , एक लिटर तेल, एक मास्क र एक वटा साबुन बितरण गरेका हुन । वडा नम्बर ५ निवासी उक्त परिवारले अाफ्नै वडाका जलेखर्क, पातिहाल्न र ढाकाडाम काेटका विभिन्न बर्गलाई खाद्यान्न बितरण गरे । गाउँका बिपन्न बर्गमा अहिले परेको समस्याकाे मध्यनजर गरि बितरण गरिएको याे खाद्यान्न कुनै पार्टीगत नभई व्यक्तिगत रुपमा हजुरबुबा काे, सम्झना स्वरुप बितरण गरेको बताए । राष्ट्रमा संकट अायकाबेला हजुरबुबा काे सम्झना स्वरुप अति अावस्यक सामान गाउँमा नै ल्यायर यसरि गरिएको कार्य सम्झना याेग्य रहेको बताए ।

उक्त कार्यक्रममा नेपाली काग्रेस दार्मा गाउपालिका वडा नम्बर ५ का पाटि सभापति कुल बहादुर चन्द, नेपाल बिद्यार्थी संघ कर्ण्ााली प्रदेशका उपाध्यक्ष रमेश के.सि , नेपाली काग्रेसका नेता धनराज चन्द, भुम चन्द ,राम शाह, टेक बहादुर के.सि , तरुण दल सल्यानका जिल्ला सदस्य बिरेन्द्र चन्द ,समाजसेवी हिम ब चन्द , खुमराज चन्द , महेश हमाल,नाेखिराज के.सि, ज्यष्ठ नागरिक खलु खत्री लगाएतकाे सहभागिता रहेको थियो ।

यसरि गाउँमा नै बिभिन्न सामाग्री पायपछि स्थानीय भिमि बि.कले यसरि नुन चामल ल्याउन रुकुम जानुपर्ने भन्दै यसरि घरमै पाउदा खुसि भएकाे बताईन ।।

शीर्ष समाचार

धेरै पढिएको