September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
कोरोना भाइरसबारे ‘शुभ समाचार अभियान’

कोरोना भाइरसबारे ‘शुभ समाचार अभियान’

कोरोना भाइरसरको आतंकबाट त्रसित बिश्वबासीलाई क्यानाडाको ‘ग्लोबल पब्लिक अफेयर्स’ ले कोरोनाबारे शुभ समाचार अभियान अन्तर्गत ‘Morning Dose of Good News’ मा १६ शुभ समाचार दिएको छ । यो शुभ समाचारलाई क्यानाडा निवासी Yam Ghimire ले अनुवाद गर्नु भएको हो । यो सामाग्री सान्दर्भिक ठानेर हामीले हाँस्य कलाकार मनोज गजुरेलको फेसबुक वालबाट साभार गरेका हौँ । – सम्पादक

१. चाइनाले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो।

२. भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन्। बिरामीहरुमा निम्न औषधि चलाइएको थियो :opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine. भारतीय डाक्टरहरुले संसारभरि सोही औषधि चलाउन सुझाब दिएका छन्।

३. एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।

४. वुहान चाइनामा १०३ वर्षकी हजुरआमा कोभिड-१९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्कएकी छिन् ।

५. एप्पल कम्पनीले उसका बन्द भएका ४२ वटा पसल चाइनामा पुन: संचालनमा ल्याएको छ।

६. क्लेभिल्यांड क्लिनिकले कोभिड -१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको बिकास गरेको छ।

७. दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ।

८. कोरोनाको सबैभन्दा ठुलो मार इटलीलाई परेको छ । जसको मूख्य कारण हो इटलीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु ।

९. इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्।

१०. अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड-१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन्।

११. क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड-१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ।

१२. सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड-१९ को खोप बिकासमा तीब्रढंगले लागिरहेको छ ।

१३. टुल्सा गाउँको पहिलो कोभिड-१९ को बिरामी निको भएका छन् । उनको पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ। कोभिड-१९ निको हुने रोग हो भनेर यसले देखाउॅछ।

१४. नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन्।

१५ . कोभिड -१९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।

१६. अमेरिकाको सियाटलमा कोभिड-१९ को खोपको मानव सुरक्षा परीक्षण सुरु भएको छ।

(श्रोत: ग्लोबल पब्लिक अफेयर्स, क्यानाडा)

र यो पनि पढ्नुहोस :

कोरोना संक्रमणबारे भ्रम र यथार्थता

शीर्ष समाचार

धेरै पढिएको