September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
…… त्यसपछि हिरामाथी अन्धाधुन्दु रड र खुकुरी प्रहार भयो

…… त्यसपछि हिरामाथी अन्धाधुन्दु रड र खुकुरी प्रहार भयो

तुलसीपुर : यहि चैत २ गते सोमबार राति साढे १२ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामीनगर निवासी २४ बर्षीय हिरा डाँगी माथि खुकुरी प्रहार भयो । खुकरी प्रहारवाट गम्भीर घाईते भएका डाँगीको उपचारको क्रममा सोमबार काठमाडौंमा मृत्यु भईसकेको छ । उनको मंगलबार दिउसो पशुपति आर्यघाटमा उनको अन्त्यष्टी समेत गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ जलसेवा नजिकको कच्ची सडकमा केही युवाहरुले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर ६ गोलौरा निवासी २३ बर्षीय अनुप बस्नेत, रजौराका २२ बर्षीय शुसिल बस्नेत, सोही ठाउँका अमिक खड्कालाई पक्राउ गरिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० नयाँगाउँ निवासी २४ कस्मिर टण्डन भने फरार छन । यी चारैजनाको नाममा किटानी जाहेरी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिनुभयो ।

पक्राउ परेका तीन जनालाई म्याद थप गरि अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले बताए । आज म्याद थप गरेर अनुसन्धाको बाटो खोल्ने र उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान गराउने उनले बताए ।

अहिले फरार रहेका कस्मिर टण्डनको खोजी कार्य तिब्र पारिएको प्रहरीले बताएको छ । टण्डन रहन सक्ने स्थान तथा आफन्तिहरुको घरमा पनि खोजी गर्ने कार्य भईरहेको प्रहरी निरीक्षक पालले बताए । साथै मोवाईलको ट्रयाकवाट समेत खोज्ने कार्य भईरहेको छ ।

त्यसपछि हिरामाथी खुकुरी प्रहार भयो :

प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार हिरा र अनुपको सामान्य विवाद भएको रहेछ । त्यसपछि , सोमबार राति साढे १२ बजेतिर हिरालाई शुसिलले पानीको पम्प नजिकै काम छ, भनेर बोलाए । शुशिल अनुप समुहका थिए । उनले बोलाएपछि हिरासहित ४/५ जनाको समूह शुसिल सहितको समूह भएको ठाउँमा पुगे ।

त्यही विवादलाई मिलाउने भनेर हिरालाई त्यहाँ बोलाईएको रहेछ । त्यसपछि उनीहरु तुलसीपुरको एक होटेलमा संगै बसेर खाए । खानेक्रममा विवादले झन ठूलो रुप लियो ।

विवादले ठूलो रुप लिएपछि शुसिलको समूहका केही ब्यक्तिहरुले हिरामाथि रड र खुकुरी प्रहार गरे । त्यसपछि हिरासंगै गएका उनका साथीहरुले घाईते भएका हिरालाई उठाएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुइर्याए ।

अस्पतालमा सामान्य उपचार पछि कोहलपुर रेफर गरियो । कोहलपुर पनि उपचार सम्भव नभएपछि थप उपचारकालागि काठमाडौं लगियो । तर काठमाडौंमा पनि उपचार सम्भव भएन । अस्पताल पुयाउदा डाक्टरले उनलाई मृत घोसना गरे । उनको मृत्यु भयो ।

र यो पनि पढ्नुहोस :

अज्ञात समुहको खुकुरी प्रहार बाट त्रिवेणी गाउँपालिका अध्यक्षका छोराको मृत्यु

समाचार स्रोत : तुसीपुर अनलाइन

शीर्ष समाचार

धेरै पढिएको