May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
निर्वाचनमा हारेका छौं तर नितिमा हारेका छैनौं :- एकराज डाँगी

निर्वाचनमा हारेका छौं तर नितिमा हारेका छैनौं :- एकराज डाँगी

प्रकाश शर्मा
नयाँ दृष्टि डटकम

दार्मा – नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेश सभा निर्वाचनमा सल्यान क्षेत्र नं १ ‘क’ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार समेत रहेका नेता एकराज डाँगीले निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले हारेपनि नीतिमा नेपाली काङ्ग्रेसको जित भएको बताएका छन।

संसदीय ब्यबस्था नेपाली काङ्ग्रेस स्थापित गरेको व्यवस्था भएको र नेपालका सबै पार्टीहरू यहि ब्यबस्थामा प्रबेश गरेको भन्दै उनले नीतिमा नेपाली कांग्रेसको जित भएको बताएका हुन्।

अधिवेसन पछि लीइएको सामुहिक फोटो
अधिवेसन पछि निर्वाचित कमिटि र अतिथीहरुको सामुहिक फोटो

नेपाली काङ्ग्रेसकाे भात्री संगठन नेपाल तरुण दल दार्माकाे पहिलाे गाउँ अधिबेशन कार्यक्रमलाई संबाेदन गर्न दार्मा पुगेका उनले , सशस्त्र युद्धबाट सत्ता कब्जा गर्ने नीति लियकाे तत्कालीन नेकपा माओबादि समेत संसदीय ब्यबस्थामा आएपछि नीतिमा नेपाली काङ्ग्रेस काे जित भएकाे दावी गरेका हुन् ।

फागुन २५ गते सम्पन्न भएको तरुण दल दार्मा गाउपालिका स्तरिय अधिवेशनले कर्णबहादुर चन्दकाे अध्यक्षतामा बाट १५ सदस्यीय दार्मा गाउपालिका स्तरीय तरुण दल कमिटि गठन गरेकाे छ । जस्काे उपाध्यक्ष – नरेस बुढाथाेकि , सचिब – महेश वि क , सहसचिब – लक्ष्मन वि क , काेषाध्क्ष – देबेन्द्र चन्द र सदस्यहरुमा – प्रेम बुढाथाेकि, दिपक चन्द , टेक बहादुर के सि , ललित वलि , अजय मल्ल , गणेश बुढाथाेकि , पदम पान्डे , केशब चन्द , सबिन चन्द , बिरेन्द्र चन्द रहेका छन। अधिवेशनले रमेश चन्द , महेस्वर शाहि र विशाल सिह रहेको ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेका छ।

शिव ओलीकाे उद्घोषणमा संचालन भएको कार्यक्रमकाे अध्यक्षता नेपाल तरुण दल जिल्ला अध्यक्ष सन्ताेस केसि ले गर्नु भयकाे थियाे।

कार्यक्रममा नेका सल्यान क्षेत्र नं १ का सभापति गाेरख केसि , नेका जिल्ला सदस्य रामचन्द्र केसि , नेविसंघ कर्नाली प्रदेश उपाध्यक्ष रमेस केसि लगायकाे उपस्थिति भयकाे थियाे ।

शीर्ष समाचार

धेरै पढिएको