July 30, 2021, Friday
२०७८ श्रावण १५, शुक्रबार
किन हुन्छन , शिर्ष नेताहरु माथी आक्र’मणका  प्रयासहरू ?

किन हुन्छन , शिर्ष नेताहरु माथी आक्र’मणका प्रयासहरू ?

नयाँ दृष्टि डटकम
सल्यान

आइतबार नेकपाका दिवंगत नेता भरतमोहन अधिकारीको स्मृतिमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एउटा कार्यक्रममा नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहा’र भयो ।

कार्यक्रमको प्रमुख अतिथी रहेका प्रचण्डले आफनो मन्तव्य सकेर आसन तर्फ जाने क्रममा , कार्यक्रममा सहभागी जुम्ला सिंजा २ घोडेंगाका २२ बर्षिय रतन तिरुवाले उनि माथि जुत्ता प्रहार गरेका थिए ।

अध्यक्ष प्रचण्ड माथि जुत्ता प्रहार गर्ने रतन सहिद पुत्र हुन । उनका बुवा मनु तिरुवा माओबादि जनयु’द्धका क्रममा कालिकोटमा राज्य पक्ष्य बाट मा’रिएको दावी गरिएको छ ।

उनीमाथि जुत्ता प्रहार भए सँगै यस घटनाले संचार माध्यम र सामाजिक संजालमा चर्चा परिचर्चा बटुलेको छ । साथै यस घटनाले राजनितिक नेतृत्व माथि जनस्तर बाट हुने गरेका आक्र’मणका प्रयासलाई पुनः उजागर गरिदिएको छ ।

किन हुन्छन त नेताहरु माथी आक्रम’णका प्रयासहरू ?

नेताहरु माथि यस्ता खालका आक्र’मणका प्रयासहरु किन हुन्छन भन्ने बारे निश्चित कुनै कारण छैन । तर यस्ता घटनाका सन्दर्भमा भने मान्छेहरुले मुलतः ३ किसमका आङ्कलन तथा धारणाहरु व्यक्त गर्ने गरेको पाइन्छ ।

पहिलो , नेपालमा अधिकांस मानिसहरु यस्ता घटनालाई नेतृत्व प्रति जनताको आक्रोस र बितृष्णाको उपज ठान्दछन । उनिहरुका बिचारमा राजनितिक नेतृत्वले पटकपटक दिएका धोका, बेईमानी र छलकपटले जनता र कार्यकर्ता आजित भएका छन । त्यसैले नेतृत्व प्रति जनताको घृणा र आक्रो’सहरू यस्ता घटनाहरु मार्फत प्रस्फुटित भएका हुन सक्छन ।

दोस्रो, केहि मानिसहरु चैं यस्ता घटनाहरु सुनियोजित रुपमा हुने गरेका आशंका गर्दछन । उनिहरुका अनुसार नेतृत्वलाई बदनाम, अपमान गर्ने र कुनै बिषय बाट ध्यान अनेत्र मोड्ने उदेश्यले यस्ता घटनाहरु घटाइन्छन भन्ने पनि  दावी गरिन्छ । र तेस्रो, एकथरी मानिसहरु चाहि यस्ता आक्रमणलाई केहि व्यक्तीका सनक र उदण्ड व्यवहारको संज्ञा पनि दिने गर्दछन ।

हालसम्म को–को नेताहरु माथि आक्रमण भयो त ?

नेपालकै सन्दर्भमा राजनितिक नेतृत्वहरु माथी आक्र’मणको प्रयास भएको यो नै पहिलो र नयाँ घटना भने होइन । यस अघि पनि यस्ता आक्र’मणका कोसिसहरु भएका थुप्रै उदाहरण छन ।

प्रचण्ड:
आइतबार अध्यक्ष प्रचण्ड माथि भएको आक्र’मण नै उनी माथीको पहिलो आक्र’मण होइन । २०७१ कार्तिक १० गते काठ्माण्डौंको भृकुटिमण्डपमा आयोजित एउटा चियापान कार्यक्रममा उनलाई बाग्लुङका पदम कवंरले कार्यक्रममै उनको गालामा चड्कन हानेका थिए ।

झलनाथ खनाल :
२०६७ माघ ७ गते तत्कालिन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई सुनसरीका आफनै कार्यकर्ता देवीप्रसाद रेग्मीले झा’पड हानेका थिए ।

झक्कु सुवेदी:
२०६८ साल वैसाखमा संबिधान नबनाएको भन्दै तत्कालिन माओबादि नेता झक्कु सुवेदीलाई गोरखाका प्रेमराज देवकोटाले झा’पड हानेका थिए ।

सुशिल कोइराला :
२०६७ सालमा नेपाली काङग्रेसका सभापती सुशिल कोइराला माथि पनि कुर्सि प्रहा’र भएको थियो । नेबिसंघका पूर्व क्षेत्रिय सभापति प्रवेश बस्नेतले उनि आक्र’मण गरेका थिए ।

रामचन्द्र पौडेल :
नेपाली काङगे्रसका नेता रामचन्द्र पौडेललाई पनि संसदमा गोल्छे शार्किले झापड हानेका थिए ।

डा.बाबुराम भट्टराई:
नयाँ शक्ती पार्टीको संयोजक भएको बेला डा. बाबुराम भट्टराई माथि पनि जुत्ता प्रहा’र भएको थियो । पोखराको पृथ्बी नारायण क्याम्पसमा भएको एक कार्यक्रममा कैलालीका संजिव भट्टराईले उनि माथि जुत्ता प्रहा’र गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको