September 30, 2020, Wednesday
२०७७ आश्विन १४, बुधबार
दार्मा स्तरीय राष्ट्रपति रनिङ् सिल्ड सम्पन्न, तर राष्ट्रिय माबि दार्माकोट भएन सहभागी

दार्मा स्तरीय राष्ट्रपति रनिङ् सिल्ड सम्पन्न, तर राष्ट्रिय माबि दार्माकोट भएन सहभागी

प्रकाश शर्मा
नयाँ दृष्टि डटकम

फारुलाचौर : दार्मा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत बिहिबार देखि सुरु भएको प्रतियोगिता आज समापन गरिएको हो ।

प्रतियोगितामा पालिका भित्रका चार वटा माद्यामिक बिद्यालयका खेलाडिहरुले सहभागीता जनाएका थिए । तिन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा कुल १८ स्वर्ण , ८ रजत र २ कास्य पदक सहित जनज्योति माबि फारुला प्रथम भएको छ । प्रथम भए संगै यसपालीको पालिका स्तरिय सिल्ड जनज्योति माबि फारुलाचौरले हात पारेको छ।

त्यसैगरी कुल ५ स्वर्ण , ९ रजत र ९ कास्य पदक सहित नेपाल राष्टिय माबि ढाकाडाम कोट द्वितीय भएको छ भने कुल ३ स्वर्ण , ३ रजत र ५ कास्य पदक सहित सुर्योदय माबि गोठिबन तृतिय भएको छ ।

प्रतियोगितामा सहभागी बालकल्याण माबि भुवनटाकुरी २ स्वर्ण , ८ रजत र १२ कास्य पदक सहित चौथो भएको छ भने पटक पटक जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बिजेता बनेको राष्ट्रिय माबि दार्माकोटले भने प्रतियोगितामा सहभागीता जनाएको छैन ।

२०७६ माघ १४  गतेको  मोटरसाईकल दुर्घटनामा परि सो बिद्यालयका खेलकुद प्रशिक्षक टेकबहादुर केसीको दुखद निधन भएको थियो ।

दार्माका घर घरमा महत्वपुर्ण फोन नम्बर सहितका  स्टिगर टास्दै नेपाल प्रहरी

शीर्ष समाचार

धेरै पढिएको