October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार

न्याय माग्दै जिल्ला अदालत काठमाण्डौ पुगे गोकुल बास्कोटा

सल्यान – पुर्व सञ्चार तथा सुचना प्रबिधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफु माथि झुट्टा लाञ्छना लगाईएको भन्दै न्याय माग्ने बताएका छन । उनले आजै आफुु बिरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जती बिरुद्ध जिल्ला अदालत काठ्मान्डौमा मुद्धा दायर गरेका छन ।

आज सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले भनेका छन – ” म बिरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेईज्जतीको बिरुद्धमा आज मैले आफना प्रतिनिधि मार्फत जिल्ला अदालत काठ्माण्डौंमा न्याय माग गर्दै मुद्धा दायर गरेको जानकारी सबैमा गराउछु ।”

सेकुरिटि प्रेस खरिद प्रकरणमा एक व्यापारीक एजेन्ट सँग ७० करोड कमिसन डिल गरेको अडियो मिडियामा सार्वजनिक भएसँगै , चौतर्फी बिरोध भएपछि उनले यहि फागुन ८ गते नैतिकताको आधारमा मन्त्री पद बाट राजिनामा दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको