August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
पूर्व सभामुख महरालाई सल्यानको कागखोलामा झन्डै गुमाईसकेको त्यो पल : रमेश मल्ल

पूर्व सभामुख महरालाई सल्यानको कागखोलामा झन्डै गुमाईसकेको त्यो पल : रमेश मल्ल

२५ औ जनयु’द्ध दिवसको अवसरमा नेकपाका युवा नेता तथा अखिल क्रान्तिकारी पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपाका युवा नेता रमेश मल्ल संग नयाँ दृष्टि डटकमका सम्पादक भुमप्रकास भण्डारी भुपिनले लिनु भएको बिशेष अंतरावार्ता ।

१. तपाई जनयु’द्धमा किन र के कारणले लाग्नु भयो ?

नेपाली समाजमा जरा गाडेर बसेको सामन्तवाद र साम्राज्यवादको चङ्गुलबाट नेपाल र नेपाली जनतालाई मुक्त गर्ने एक महान क्रा’न्तिकारी अभियानको रुपमा नेपालमाजनयु’द्धको संखघोष गरिएको थियो । युगान्तकारी परिवर्तनको यो महाअभियानमा आफुलाई समर्पित गर्न पाउनु मेरो लागि एक ऐतिहासिक अवसर थियो ।

ग्रामीण वर्गसघर्षको क्रममा पहिले नेकपा (एकताकेन्द्र) र पछि नेकपा (माओवादी) को तर्फबाट गरिएका राजनैतिक तथा साँस्कृतिक अभियान, तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट केन्द्रीय तथा स्थानीय रुपमा संचालन भएका प्रतिक्रियावादी शक्तिका विरुद्धको भण्डाफोर तथा जनजागरण र जनसेवाका अभियानहरुले हामी जस्ता किशोर किशोरीहरुमा प्रतिक्रियावादी राजनैतिक सत्ताका विरुद्धको राजनैतिक चेतना पैदा गरिदियो भने स्थानीय जाली फटाहाका गतिविधि तथा सामाजिक विकृति र विसंगतिका विरुद्धको क्रियात्मक गतिविधिले हामीलाई प्रभावित ग¥यो । राजनैतिक रुपले जागृत चेतना र सामाजिक विसंगतिका विरुद्धको क्रान्तिकारी व्यवहारले हामीलाई परिवर्तनकारी शक्तिको रुपमा संगठित हुन मद्दत ग¥यो ।

तथ्यमा गएर भन्नुपर्दा २०४७ सालमा निमावि तहको शिक्षा आर्जन गर्न रुकुमको चौरजहारी पुगेका म लगायतका साथीहरु वाम राजनैतिक गतिविधिको केन्द्र रहेको चौरजहारीबाट अखिलको कमिटिमा संगठित हुने र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आन्दोलनमा सहभागी बन्ने क्रम अगाढी बढ्यो । शैक्षिक विभेद र असमानता विरुद्ध जनवादी शिक्षाको नारा लिएर विद्यालयमा पुगेको अखिल (क्रान्तिकारी) को संगठन विस्तारको अभियानमा हामी पनि संगठित बन्न पुग्यौं । जनयु’द्धको थालनी लगतै उमावि तहको शिक्षा पुरा गरेर गृहजिल्ला सल्यानको अखिल (क्रान्तिकारी) को संगठनात्मक गतिविधिसङ्ग सामेल भए ।

मुलतः समाजमा रहेको वर्गिय विभेद र असमानता, स्थानीय सामन्त र सुदखोरहरुको चरम शोषण, नेकाँको राजनैतिक अहंकार र कम्युनिष्ट क्रान्तिकारी प्रतिको हिंस्रक व्यवहार जनयु’द्धमा सहभागीताका वस्तुगत कारण थिए भने माओवादीको राजनैतिक तथा सामाजिक, साँस्कृतिक रुपान्तरणकारी जनजागरण अभियान तथा जनसेवा र जनकार्बाही जस्ता क्रान्तिकारी व्यवहारले नै हामीलाई जनयु’द्धमा सामेल हुनका लागि प्रेरकको काम गरेका हुन ।

२. जनयु’द्धमा लागेर के पाउनु भयो र के गुमाउनु भयो ?

यसको हिसाव कसरी गर्ने ? नेपाली समाजमा भएको आजको राजनैतिक परिवर्तन जनयुद्धको मुल्यमा प्राप्त भएको हो । जनयु’द्ध त्याग, वलिदान र समर्पणको महाअभियान थियो । जहाँ हजारौं बीर शहीदहरुले आफुलाई वलिदान गर्नुभयो । सयौं योद्धाहरु वेपत्ता हुन तयार हुनु भयो । हजारौं योद्धाहरु घा’ईते शरिर लिएर बाँचिरहनु भएको छ । एउटा जीवित सपना र जिउँदो आर्दशको अभियान थियो जनयु’द्ध, जहाँ आत्मसुरक्षाको लागि पछि हटने होइन कि वलिदानको लागि प्रतिस्पर्धा हुने गथ्र्यो । योद्धाहरु लडाईको अग्रमोर्चा एसल्ट मा नपरेकोमा कमाण्डरसंग झगडा गर्दर्थे । यो कुनै कथा होइन मैले आफैले देखे भागेको जीउँदो इतिहाँस हो ।

त्यो गौरवशाली वलिदान हाम्रो भागमा परेन । हामी त्याग र वलिदानको आदर्शबाट अलि पर स्वार्थको घेरामा रुमल्लीन खोजीरहेका छौं । यद्यपी आर्दशको कठघरामा राजनैतिक परिक्षा चलिरहेको छ । हामीले विगतमा जे समय र सामथ्र्य खर्च ग¥यौं त्यो गुमाएको होइन देशका लागि गरेको योगदानको रुपमा बुझेको छु ।

३.जनयु’द्धले तपाईको जीवनमा के प्रभाव पार्यो ?

कुनै दिन म एउटा सामान्य किसान परिवारमा जन्मिएर जीन्दगीलाई त्यस्तै साँघुरा सपनाको बन्धनमा बाँध्न विवश हुने लाखौं युवाहरुको ताँतीमा उभिने एक साधारण युवक थिए । जनयु’द्धले मलाई संघर्षको भट्टीमा हाल्यो, खा¥यो र केही नयाँ पहिचान दियो । अभियान्ता बनायो, नेतृत्व गर्न सिकायो, व्यक्तिगत जीवनभन्दा माथि पनि जीवन हुन्छ भन्ने सिकायो । वलिदान राष्ट्रको लागि भन्ने भनाईलाई पकड्न सिकायो । खासमा भन्दा जनयु’द्धले मालेमावादी राजनैतिक दर्शनलाई हाम्रो जीवनमा जोड्न सिकायो ।

४. जनयु’द्धको क्रममा जीवनमा जोडिएका अविस्मरणीय क्षणहरु के हुन सक्लान ?

थुप्रै छन, अहिले कति भनेर संभव हुन्छ र ? भुमिगत जीवन शुरु गर्दाका कठिनाई, परिवारको राजनीतिकरण गर्दाका संस्मरण, कुनै एकै भुमिका मात्र हैन आफुलाई चारकर्ताको रुपमा पेश गर्दाका अनुभुति, कतै गीत गाउदै, कतै वहस र भाषण गर्दै, कतै जनतको खेतवारी खन्दै त कतै बम पड्काउदै हिडेको आजै जस्तो लाग्छ । भर्खरै देउडा नाच्दै गरेको या त भर्खरै एउटै आर्कबाट फायर खोल्दै गरेको प्रिय साथीको भौतिक शरिर ढल्दा र रातो झण्डा ओढाएर हिडेका पीडा र आँशुका कथा त कति छन कति कसरी भन्नु र ?

पुर्व सभामुख कृष्णबहादुर महरालाई ०५६ तिरै सल्यानको कागखोलामा गुमाईसकेका थियौं । संयोगले प्रहरीको आँखा छलेर उहाँ बच्नु भयो सगैका तीन जना कमरेडहरुलाई पुलिसले नियन्त्रणमा लिएर विभत्स ढंगले ह’त्या ग¥यो ।

राजनैतिक कार्यकर्ताको रुपमा सुदुर पश्चिम पुग्दा र त्यहाँका युवा र किसान तथा महिलाहरुबिच संगठनको काम गर्दाका अनुभव भने रोमाञ्चक छन । भाषा, संस्कृति र शैलीका विचमा रहेका विविधताले निम्त्याउने द्ध’न्द्ध पनि व्यहोरेको छु । नारायणहिटी दरबार ह’त्याकाण्डकै दिन मिस कम्युनिकेशनको कारण दार्चुलाको सुण्डमुण्ड गाउँमा आफ्नै मिलिसियाद्धारा झण्डै माथि पु¥याइएका हामी ।

सेती महाकालीमा उमावि र क्याम्पसका विद्यार्थीलाई आधार इलाका भ्रमण अभियान भन्दै फर्मेसनबद्ध मार्च गराईयो । जसले पछि सिंगो पार्टीलाई शसस्त्र जनमार्चिङ अभियानको आधार तयार ग¥यो । यो भनेको जनताद्धारा जनता संगठित गर्ने विशाल साँस्कृतिक अभियान सहितको माचिङ थियो । जसले सेमका बस्तीमा छोटो समयमा माओवादी अमियान प्रभावकारी बन्न पुग्यो ।

चौतर्फी सैन्य व्यारेकेड तोडेर कैलाली सदररमुकामबीचैमा रहेको धनगढी कारागारको लडाई र सयौंका संख्यामा रहेका राजनैतिक बन्दीलाई खुला आकाशमुनी स्वागत गर्दाको त्यो दिन मेरो लागि प्रत्यक्ष फौजीमोर्चाको एक भिन्न अनुभव थियो । अछामको भाटाकाटीया र विनायक, जाजरकोटको जुनी, डोटीको घाँघल, रोल्पाको तिला र मनिमारेमा भएको हवाई हमला तथा मनिमारेमा कमाण्डर सुनीलको आफ्नै काखमा भएको शहादत्तलाई छाति निचोरेर पचाएर आएका हौं ।

निजिकरणको अन्त्य भन्दै बोडिङ स्कुल स्वीप गरेको जिल्लाको रेकर्ड बनाईयो । आतंककारी विल्ला भिरेकै बेला दाङका क्याम्पस चिप तथा नेविसंघ र अखिलका साथीहरुलाई गाउँ बोलाएर सहमतिको आधारमा गणतान्त्रिक स्ववियु गठन गरि सार्वजनिक गर्न लगाईयो ।

५. जनयु’द्धका आदर्श र उद्देश्य कति पुरा भए र कति बाँकी छन जस्तो लाग्छ ?

आर्दशको कुरा अहिले नगरौं । आज आर्दश निर्माणको नयाँ संघर्ष शुरु गर्ने बेला भएको छ । मुल्यको राजनिति कम्जोर भएको छ । अर्को मूल्य निमार्णको संघर्ष गर्नुपर्ने भएको छ । को पुँजिवादी र को समाजवादी भन्ने वहस नयाँ शिराबाट शुरु गर्नुपर्ने भएको छ ।

जहाँसम्म उद्देश्यको कुरा छ, जनयु’द्धले जनवादी सत्ता स्थापनालाई लक्ष्य बनाएको थियो । देशलाई सामन्तवाद र साम्राज्यवादको चंगुलबाट मुक्त गर्ने जनयु’द्धको उद्देश्य थियो । समान्तवाद उखालिएको छ । साम्राज्यवादको विरुद्धको संघर्ष जारी छ । नेपालको जनवादी क्रा’न्ति अर्थात पुजिवादी जनवादी क्रा’न्ति मौलिक रुपले पुरा भएको छ । दलाल पुँजिवादको विरुद्ध संघर्ष गर्दै समाजवादउन्मुख जनताको जनवादलाई संस्थागत गर्ने र देशलाई समाजवादमा लैजाने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो राजनैतिक कार्यदिशालाई परिभाषित गरेको छ । यहाँबाट हेर्दा जनयु’द्धका आधारभुत उद्देश्यहरु पुरा भएका छन र आजको सन्दर्भमा नयाँ आर्दश र नयाँ उद्देश्यका साथ अघि बढ्नु पर्ने भएको छ ।

६. जनयु’द्धमा आफैले गरेका प्रतिवद्धताहरु र आजको व्यवहारमा समान्जस्यता ल्याउन कति सकियो जस्तो लाग्छ ?

“अवसर नपाएर वेईमान नभएको भाते” रुपचन्द्र विष्टले प्राय मान्छेलाई गाली गर्दा भन्थे रे । मैले आफ्नो राजनैतिक जीवनमा केही साना मसिना अवसर प्राप्त गरे जस्तो लाग्छ । तर अवसरलाई देश, जनता र वर्गकै पक्षमा, विगतका प्रतिवद्धताकै पक्षमा सदुपयोग गरे जस्तो लाग्छ । मेरो दावा हो की सिद्धान्त र व्यवहारबीचको समाञ्जस्यताको लागि मैले सचेततापुर्वक आफुलाई परिक्षामा सामेल गर्ने कोशीस गरेकै छु । आफुलाई खुला कितावको पानाको रुपमा प्रस्तुत गर्न सकेमा पढ्ने काम अरुले गरिहाल्छन नि भन्ने मेरो बुझाई छ ।

७. जनयु’द्धको अभियानताको रुपमा त्यसका कम्जोर पक्ष के थिए जस्तो लाग्छ ?

नेपालको जनयु’द्ध आफ्नो मौलिक विशेषता सहित विकास भयो । यसमा मुलत मुल नेतृत्वको बहुआयामिक नेतृत्व कुशलता नै मुख्य कुरा हो भन्ने मेरो निष्कर्ष हो । अध्यक्ष कमरेड प्रचण्डको वैचारिक राजनैतिक तथा संगठनात्मक नेतृत्व कौशल, कुटनैतिक चातुर्यता, रणनैतिक दृढता र कार्यनैतिक लचकता, अभिछिन्न नेतृत्व, राष्ट्रवाद र जनवादको बारेमा रहेको स्पष्ट बुझाई, उत्पीडित वर्ग, जाती, भाषा, क्षेत्र र लैगिक समुदायको भावनाको प्रतिनिधित्व गर्दै बनेको राष्ट्रिय एकताको बिम्वले जनयु’द्ध नेपाली समाजको अग्रगामी छलाङको अभियान बन्न पुगेको हो ।

जनयु’द्धको बीच विकास भएका नेपाली क्रान्तिका मौलिक विशेषतालाई वैचारिक संश्लेशण गर्दै अघि बढेको यो अभियानमा केही प्राविधिक त्रुटीहरु बाहेक अरु कम्जोर पक्ष मेरो जानकारीमा छैन । बरु शान्तिप्रक्रिया पश्चात जनयु’द्धबाट निर्मित शक्तिलाई एकै स्थानमा जोडेर आजको समाजको अग्रगामी नेतृत्व गर्ने अवसर माओवादी आन्दोल’नले गुमायो । यसमा भने दुःख लागेको छ ।

८. जनयु’द्धको क्रममा तपाई कुन कुन भुमीकामा रहेर काम गर्नु भयो ?

अरु आवश्यकताको भुमीका पुरा गरियो होला तर जनयु’द्धकालभर मेरो मुख्य जिम्मा संगठकको रुपमा रह्यो । मुलतः विद्यार्थी संगठनको सोपानक्रमको जिम्मेवारीमा रहेर । शितल उमाविको इकाई कमिटि देखि सल्यान जिल्लाको सदस्य, उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय सदस्य, सेतीमहाकाली क्षेत्रको संयोजक, तत्कालीन केन्द्रीय आधारइलाका (राप्ती) को संयोजक हुँदै जनआन्दो’लनको क्रममा दाङलाई मुख्य कार्यक्षेत्र बनाएर काम गरियो ।

शान्तिप्रक्रिया पछि भने काठमाडौं, पुर्वाञ्चल, मधेश, विभिन्न विश्वविद्यालय, संगठनको कोषाध्यक्ष, उपाध्यक्ष हुदै केन्द्रीय समितिको अध्यक्षसम्मको जिम्मेवारी बहन गर्ने अवसर मिल्यो । यसको लागि देश, जनता, नेतृत्व, सहयोद्धाहरु र मुल रुपमा शहिद र वेपत्ता योद्धाहरुलाई विशेष सम्मान र सम्झना भन्न चाहन्छु ।

९. जनयु’द्ध पुर्वको तपाईको पृष्ठभुमी के कस्तो थियो ? कस्को प्रेरणाले अखिलमा सामेल हुनु भएको हो ?

म सल्यान कालागाउँको एक किसान परिवारमा जन्मेको हो । मेरो वुवा एक श्रमजिवी किसान हुनुहुन्थ्यो, हुनुहुन्छ । आमा सामान्य गृहीणी । हामी चार भाई, विहे पछि बुहारी सहित सबै माओवादी आन्दोलनका पुर्णकालीन कार्यकर्ता । मेरो परिवार पञ्चायत देखि नै राजनैतिक पृष्ठभुमी भएको परिवार हो । जुछे विचारधारा र सोभीयत कम्युनिष्ट पार्टीका किताव थिए बुवाका दराजमा । तर संगठित रुपमा कम्युनिष्ट पार्टीको निकट भने काका बुद्धि बहादुर मल्ल पुग्नु भएको थियो । उहाँ अहिले भौतिक रुपमा हुनुहुन्न । बहुदल प्राप्ति पछि हाम्रो परिवार आन्तरिक रुपमा कम्युनिष्ट र काँग्रेसको रुपमा बाँडियो । म कम्युनिष्ट पार्टीका गतिविधिमा सरिक भए ।

माथि नै उल्लेख गरिसके । चौरजहारीको वातावरणले म भित्रको वामपन्थलाई क्रा’न्तिकारीकरण गर्ने अवसर प्रदान ग¥यो र ०५० देखि नै अखिलको सदस्य बनियो । शहिद चन्द्रबहादुर राना संगीन, शहिद लोकेन्द्र प्रकाश गिरी चिरपरिचित लगायतका अग्रजलाई श्रद्धाञ्ज’ली सहित लाल सलाम, जसले मलाई यो बाटोमा डो¥याउनु भयो । नेकपाका नेता राजकुमार शर्मा, विशाल शर्मा र पुर्व विद्यार्थी नेता गोपाल शर्मालाई मनै देखि सम्झना चाहन्छु । अहिले जो जहाँ भए पनि हामीलाई प्रेरणा दिने कपिल शर्मा, शशीराम कार्की सर, गणेशा कार्की मेम, हरि शाह सर र राजेन्द्र शाहको परिवारलाई पनि सम्झना चाहान्छु ।

शीर्ष समाचार

धेरै पढिएको