May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
तारादेव शर्मा प्रहरी नियन्त्रणमा , किन पक्राउ परे उनी ?

तारादेव शर्मा प्रहरी नियन्त्रणमा , किन पक्राउ परे उनी ?

बागचौर नगरपालिका २ चयालगाउँका तारादेव शर्मा ‘प्रदर्शन’ पक्रा’उ परेका छन् । उनलाई मंगलवार बिहान ११ बजे तिर थारमारे बाट इलाका प्रहरी कार्यालय थारमारेले पक्राउ गरेको हो ।

सार्वजनिक सम्पति तो’डफोड गरेको अभियो’गमा शर्मालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो । “सार्वजनिक स्थलमा रहेको खानेपानीको ट्यांकी तोडफोड गरेको अभियोगमा अनुसन्धानको लागी उनलाई पक्रा’उ गरिएको हो ।” उहाले भन्नु भयो । ” अनु’सन्धान गरेर सरकारी वकिल मार्फत जिल्ला प्रसासन कार्यालयमा बुझाउछौ , त्यसपछि जिल्ला प्रसासन बाट मुद्दा छिनोफानो हुन्छ ।”

इप्रका थारमारेका अनुसार खानेपानी लिफ्ट सिचाई आयोजना बानपा २ को नया समितिका अध्यक्ष बसन्त शर्मा सहितका मान्छेहरुले उनी बिरुद्द मुद्दा जाहेरी दिएका हुन ।

शर्मा ब्राइट रोजल्याण्ड बोर्डिङ्ग स्कुल बागचौरका शिक्षक र विभिन्न साहित्यिक संघ संस्थामा क्रियाशील साहित्यकार पनि हुन । खानेपानीको विवादमा तारादेव शर्माले आफु माथि अन्याय भएको भन्दै निवर्तमान वडाध्यक्ष र नगर प्रमुखलाई लामो खुला पत्र पनि लेखेका थिय । खानेपानी विवादको यो मुद्दा बागचौर नगरपालिकाको न्यायिक समितिमा बिचाराधिन छ ।

एक कार्यक्रममा नगर प्रमुख बुढाथोकी र गजलकार पंकजका बिचमा तारादेव शर्मा ।

यस्तो छ तारादेव शर्माको खुला पत्र

आदरणीय बागचौर नगरप्रमुख र
२ न. निवर्तमान वडाअध्यक्ष ज्यु

नमस्कार।

म यहाँ दुखी छु तर हजुरहरु सन्चै हुनुहुन्छ् होला भन्ने पुर्ण आसा गरेको छु । खास पत्र लेख्नको कारण त केही पनि थिएन तै पनि मैले हजुरहरुलाई पटक पटक भेटेर यथार्त बिषयबस्तुको जानकारी गराउदा पनि मेरो अनुरोधलाई बेवास्ता गर्दै सर्बप्रथम मेयर सापले न्यायलय नै कब्जा गरि म माथी अन्याय गर्ने नियतले र निवर्तमान वडाअध्यक्ष घनश्याम शर्माले सम्पुर्ण शक्ति खर्चेर मलाई दुख दिएकोले र मेरा कुरा सुन्ने र सुनाउने कुनै माध्याम नभएकोले म गरिबको छोराले दुखी मनलाई समालेर यो सामाजिक संजालको माध्यामबाट सम्पुर्णमा यथार्त कुराहरु जानकारी गराउन चाहान्छु ।

सबै भन्दा पहिलो कुरा म एउटा गरिब परिवारमा जन्म लिएको साहसिक योद्धा हु। किन भने म सधै राम्रोको समर्थन , गलत प्रवृत्तिको बिरोध गर्दै आएको छु र बाकी दिनमा पनि एक मुठी सास रहन्जेल सम्म लड्ने प्रतिबद्धता गर्दछु ।

अब केही घटनाको बेलिबिस्तार गर्ने अनुमती माग्दछु ।

मैले मेरो बुबाले पानीकै कारणले किनेको जग्गा बा.न.पा.२ ,चयाल गाउँ देखि करिब एक किलोमिटर तल मुल खेत ( सिम खेत) भन्ने ठाउमा रहेको जग्गाको पानी बा.न.पा.२ ,बागचौरमा २०७५साल असार ५ गते लगेको हु। पानी लग्दा गाउकै दाजुभाईहरु र निज निवर्तमान वडाअध्यक्ष सङ्ग सरसल्लाह ,छलफल गरि गाउकै अग्रजहरु इन्द्रलाल शर्मा, कविराज शर्मा, दुर्गा शर्मा, केवल प्रसाद शर्मा , तुलाराम सार्की , लाल बहादुर भण्डारी र सुरेन्द्र प्रकाश डिसि इत्यादिहरुको सहयोगमा खाडल खनी पाइप गाडि पानी बागचौर लगेको हु। निजहरुले म बाट दिन गन्तिका हिसाबले पारिश्रमिक समेत लगेका हुन।

त्यस्को केही समय पछि मलाई कुनै पनि सोधपुछ नगरी मैले बागचौरमा निरन्तर लगेको पानीलाई गाउँमा लिप्टबाट लग्ने गरि नगरपालिका बाट योजना परेको भन्ने कुरा सुन्नमा आयो । त्यस्को बारेमा निबर्तमान वडा अध्यक्ष घनश्याम शर्मा सङ्ग बुझदा योजना परेको भन्ने बुझियो र तेस्मा मैले आपत्ती प्रकट गर्दै कुनै पनि हालतमा योजना सम्मपन्न गर्न नदिने अडान राखे पछि मिति २०७५ साल भाद्र २ गते घनश्याम शर्माको अध्यक्षतामा र ४६ जना गाउबासिको उपस्थितिमा बसेको बैठको निर्णय अनुसार मेरो जग्गामा पानीको मुल रहेकोले मलाई मुल धनीमानी उनिहरुले मैले बागचौर निरत्तर पानी लिने र पानी ठूलो भएको कारणले गर्दा बराबर बाड्दा पनि दुबै तर्फ पानी पुग्ने आकलन गरि योजना पनि सम्पन्न गर्ने भनी निर्णय भयो ।

तत्पश्चात मिति २०७५ साल मार्घ ५ गते घनश्याम शर्माकै अध्यक्षतामा ५१जना गाउँबासिको उपस्थितिमा बसेको बैठकले म( तारादेब शर्मा)को अध्यक्षतामा योजना सम्पन्न गर्नको लागि समिती बनेको हो र मेरि आमा पुनि शर्मालाई मासिक ६ हजारको दरले पानी हेर्नको लागि कर्मचारी राख्ने निर्णय भयको हो। त्यस्पछी म योजना सम्पन्न गर्नको लागि सचिब दिनेश नेपाली र कोषाध्यक्ष निज वडाअध्यक्षकी भाईबुहारि बिमला शर्मा सहित बगचौर नगरपालिकाको कार्यलयमा गैइ सम्झौता समेत गरेको हु। जस्को प्रमाण र बैठकका प्रतिलिपीहरु मैले न्याय समितिको कार्यलय बागचौरमा बुझाएको छु।

तर मैले योजनाको कामलाई अगाडि बडाउना खोज्दा मैले बागचौर लिएको पानीको पाईपलाई निकाल्ने( हाम्रो सम्झौता बिपरित ) र पानी लिनाको लागि मुलमा बनाइएको ट्यान्की भत्काएपछी मैले योजना अगाडि बडाउना सकेको होइन ।उल्टै केही दानव प्रबृत्तिका मनुस्यले मेरो जग्गामा रहेको पानीको मुललाई नै अनेत्र निकाल्ने उदेश्य राखी जबर्जस्त डोजर लगाएका हुन। पछि मिति २०७६ साल मन्सिर १७ गतेको दिन मलाई कुनै पनि जानकारी नगराई एकलौटे ढङ्गबाट अर्को समिती गठन गरि योजना सम्मपन्न गर्ने उदेश्य राखी बैठक बोलाएको मैले थाहा पाएपछि,म त्यो बैठकमा पुगि अबरोध गरि कुनै पनि निर्णय हुना नदिई बैठक स्थगित गरेकोले वडा अध्यक्ष सहित सबैजना घर तिर गएका हुन।

तर पछि अबैध रुपमा कुनै पनि जनप्रतिनिधि बिना नै दुई चार जनाले सल्लाह गरि बैठक बसि वसन्त शर्माको अध्यक्षतामा नयाँ समिती बनाई कतिपय जनप्रतिनिधिको किर्ते हस्ताक्षर समेत गरि समिती निर्माण गरेका हुन। एउटै योजनाको एक बर्षमा वडा( घनश्याम शर्मा)ले दुईवटा सिफारिस दिने र नगरपालिकाले पनि दुईवटा सम्झौता गरेको छ । यो नीति संगत छ या पहुच हुनेले जे स्वाद लाग्यो तेहि गरे हुन्छ नि?के त्यस्को निगरानी राख्ने कुनै माथिल्लो निकाय छैन?

मेरो असहमति हुदा हुँदै र पहिले बनेको समितिको बेवास्ता गर्दै निज अबैध समितिले जबरजस्ती रुपमा योजनाको काम अगाडि बढाए पछि मैले अबरोध गरेको हु। त्यस्पछी निज वसन्त शर्माले न्यायसमितिको कार्यालय बागचौरमा दियको निबेदनको आधारमा न्याय समितिको आदेस अनुसार २०७६ साल माघ १७ गते छलफलमा बोलाइएको थियो । उक्त छलफलमा हामी दुबै पक्ष उपस्तिथित भएका थियौं । त्यो भन्दा पहिले नै मैले नगर प्रमुख र निर्वतमान वडाअध्यक्ष ज्यु सङ्ग छलफल गरेको थिए र समस्याको निकास खोज्ने र मैले न्याय पाउने आश्वासन पाएको थिए ।

माघ १७ गते न्यायसमितिको कार्यलय बागचौरमा छलफल हुदा

माथी उल्लेखित सम्पुर्ण घटानाक्रमको बारेमा मैले छकफलमा उपस्तिथित सम्पुर्णलाई प्रष्ट सङ्ग जानकारी गराएको थिए । र सबै जना हाम्रो दरिलो प्रामाण र घटानाक्रमको बृफिङ्ग सुन्दा गम्भीर भयको अबस्था थियो । तर नगर प्रमुख ज्यु एक्कासी बैठक स्थलमा आई हाम्रा मागको कुनै पनि सुनुवाई नगरी, नबुझी एलौटी तरिकाले नगरपालिकाको योजना हो कसैले पनि रोक्न मिल्दैन भनी योजना अगाडि बडाउना मौखिक आदेस गर्नु भयो ।

जब कुनै पनि समस्या र बिबाद आएको कुनै पनि ठाउँमा न्यायिक समितिबाट लिखित निर्णय नहुदै नगर प्रमुखले मौखिक रुपमा योजना अगाडि बडाउ भन्नुको अर्थ जाउ पानीको मुलमा गएर लड पछि म मलामी जाउला भन्न खोजेको हो कि के हो नि? नगर प्रमुख जस्तो जिम्मेवार मान्छेले हचुवाको भरमा,कसैको चाप्लुसिलाई सुनी एलौटी ढङ्गबाट मौखिक रुपमा बोल्न मिल्छ कि मिल्दिन ?त्यो त कि उहाँ जस्ता ७५३ वटा स्थानिय तहका प्रमुखलाई थाहा होला कि त कानुन निर्मातालाई नै?
हो पानी सार्बजनिक सम्पती नै हो । त्यो मलाई राम्रो सङ्म थाहा छ तर हजुरहरुले मेरो जग्गाको पानीमा तेरो कुनै अधिकार लाग्दैन र त्यो अधिकार गाउको मात्र हो भन्दै गर्दा मेरा मगजले केही प्रस्नको उत्तर खोजिरहेको छ ।

१) हजुरहरुको निबास भित्रै पानीको मुल छ ?कुवा छ ? या कतै बाट किनेर ल्याएको हो नि??

२)हजुरहरुले नेर्तृत्व गरेको नगरपालिका भित्र पानीका मुलहरु सार्बजनिक हुन भन्दै गर्दा कतै ब्यक्तिगत किनबेच वा प्रयोग भएको ईतिहास छ कि नाई?

३)हाम्रो गाउँबाट आतिराम सार्की, दिलाराम शर्मा, अर्जुन सार्कीले थारमारे बजार र बागचौरमा बिक्रि गरेका पानी र २०४३सालमा जिविस सल्यानको योजनमा बनेको खानेपानी सम्बद्ध गाउबासी महेश्वर शर्माले ट्यान्किबाट पाइप छुटाइ पुर्न ब्यक्तिगत तरिकाले आफ्नो घरमा पाइपमार्फत पानी ल्याएका छ्न। त्यसैगरी मेरो पानीको मुल देखि तल तिर बग्ने बिच खोलाबाट ४ वटा पानी थारमारे बजारका विभिन्न टोलमा ल्याईरहेको अवस्थामा तपाईहरुको धारणा के छ ? उक्क्त ब्यक्तिगत तरिकाले प्रयोग गरिएका पानिका मुलहरुको बारेमा कत्तिको जानकार हुनुहुन्छ ?

४)पोहोर साल मात्र बानपा ३ नयाँ बस्ती गाउबासिले बानपा ३ जोगिनगार्या निवासी तेज बहादुर डागी र लोक बहादुर डागिको जग्गामा रहेको पानीको मुललाई निज नयाँ वस्ती वासिले रु. २,६०,०००-। ( अक्षरुपी दुईलाख साठी हजार मात्र ) तिरी ल्याउन खोज्दा बानपा २मा अवस्थित माबी बनेचौरले बिरोध गर्दा तेति सानो पानी दुई ठाउ हजुरहरुले बाडफाड गरेको सम्झना कति छिट्टै हजुरको मगजबाट डिलिट गर्नु भएछ ।

५) नगरपालिका भित्र दुनियाले कब्जा गरेका ऐलेनी जग्गाको बारेमा हजुरहरुको धारणा के छ? निवर्तमान वडाअध्यक्ष ज्यु, तपाइले नै एलानी जग्गा कब्जा गरि गाईगोठ र बारि बनाएर सार्वजनिक सम्पत्ति हसुर्नु भएकै छनि । अझै हजुरकै कान्छा भाईले बुद्द आधारभुत बिध्यालयमा आफ्नो श्रीमतिको जागिरिको पोल्टो थाप्नको लागि बिध्यालयलाई दिने भनी कागज गरेको जग्गा हाल मिल घर निर्माण गरेको र एलानी जग्गा कब्जा गरि पसल थापेकै ठाउँबाटै साझ बिहान थारमारे – घर गरिरहदा तेतातिर तपाईका नयनहरु किन दृस्टी भ्रम हुन्छन् । यसै गरि गाउका कयौं घरहरु करेसा बारिहरु काल्न खर्कट्टितिर हजुरको ध्यान किन गएन । जस्को शक्ति उस्कै भक्ती हो कि ?नीति नियम पनि छ नि? यसैगरि मेरसापलाई ज्ञात हवस हजुरले कतै संघ संस्था र एक चिम्टी ऐलानी जग्गा दुरुपयोग गर्नु भएको छ कि छैन ?

फलत : हजुरहरु एउटा चाप्लुसी गर्नेहरुको महान नेता भएरै होला त्यही चाप्लुसी गर्नेहरु र रात र दिन खुट्टा मोल्ने आसेपासेहरुलाई मात्र सहयोग गर्ने । तर मत गरिबको झुपडिमा जन्मिएको अभागी मान्छे । हजुरहरुको जस्तो बिलासी बस्तुको प्रयोग त परै जावस तर देख्न पनि अर्को जुनि कुर्नुपर्ने अबस्था छ। गरिबलाइ ऐन धनिलाई चैन यस्तो कति पिडि सम्म चल्ने हो नि ? पानि बागचौर लिदा मेरो ठुलो लगानी भएको छ । जुन लगानी म एउटा गरिब ब्यक्तिलाई महान हो । तर हिजोको दिनमा मलाई लगानी गर्न दिने तर,एक बर्ष सम्म निरन्तर बागचौर गएको पानी जबरजस्ती फाल्न लगाई योजना अगाडि बडाउने हो भने म त्यो योजना निर्मान कार्यमा पुर्न रुपमा अबरोध गर्ने र बरु जेल बस्नु परे पनि तयार रहेको छु ।

जसरी इतिहासमा रानाहरुको गलत प्रवृत्तिको बिरुद्ध बोल्दा कृष्णलाललाई फाँसी दिइएको थियो भने इतिहासकार डोर बहादुर बिष्ट राजाहरुबाट काटिएका थिए । रानी राजेन्द्र लक्ष्मिको बिरुद्ध बारेमा अलिकती बोल्दा देबि बहादुर कार्की बेपत्ता पारियो । हो त्यसै गरि म मैमाथी भएको अन्याय सहना तयार छैन । बरु इतिहासकारहरुले देखाएको बाटो हिड्न तयार छु ।मेरा गतिबिधिहरु हजुरहरुलाई फगत लाग्छ भने मेरो लागि जेल भित्र एउटा सिट सुरक्षित राख्नुहुन अनुरोध गर्दछु। म माफी माग्न चहान्छु हजुरहरुले गलत क्रियाकलाप गरिरहदा पनि अरु जस्तै ऐरे गैरे आम जनमानसले प्रजातन्त्रमा बिरोधी पादहरुको ग्यास निकाल्दा जस्ताको तस्तै साइतारे कुराहरु हजुरहरुसामु पुर्यान म सक्दिन । पानीको यो बिबादमा यदि मलाई दोषी ठहर्‍याई जेल पठाय पनि मेरो परिवारले आफ्नो अधिकारको लागि निरन्तर योजना भत्काउने कुरा जानकारी गराउदछु । साथै कि त मेरो सबै परिवारकालाई जेल पठाउना र कि त पुर्ण रुपमा मेरो सम्पुर्ण परिवारको जिबिको पार्जनको जिम्मा लिनपनि अनुरोध गर्द्छु ।

फेरि पनि मैले माथी उल्लेखित गरेका प्रमाण र पेस गरेका आधारहरु निराधार भए म मेरो छातिमा हात राखेर मेरो बाउको मृत आत्मालाई सम्झदै मेरि बिधुवा आमाको पुछिएको सिउदो हेर्दै भन्छु महोदय मलाई जेल मात्र हैन जेसिस क्राइश्ट्लाई सुलि चढाए जस्तै मलाई पनि मृतु दन्ड्को सजाय दिनुस ।

म बेलैमा बा गुमाएको टुहुरो छोराले सबै पक्षबाट अन्यायको जातोले बेस्सै गरि पिस्दा नयनका ढकनिहरुबाट छ्ल्कदै गरेका आशुहरु थामी सहास धैर्यता र अठोट् नसानसामा प्रवाह गरि यो स्टाटस लेखी मन भित्रको पिडालाई सेक्ने प्रयत्न गरेको छु।

उहीँ तपाईहरुले दुख दिएको मान्छे

तारादेब शर्मा
बा.न.पा.२ चयालगाउँ सल्यान
मिति २०७६-१०-२४ गते

शीर्ष समाचार

धेरै पढिएको