November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार
कविता : शिक्षा लिनु किन ?

कविता : शिक्षा लिनु किन ?

देवराज कार्की

घामले आफ्ना प्रखर हातहरु फैल्याएर
आँखिझ्याल बाट मेरो हृदयमा
नरम हातले स्पर्श गर्दै बिउझायो –
एका बिहानै, मलाई प्रेमिकाले झै ।
म त ओछ्यानमा मस्त
निदाएको रहेछु ।
त्यति हो मैले सपना भने
देखेको थिइन महान बन्ने खाले।

गुलाफ जस्तो फक्रने हाँसेर
गुराँस जस्तो पाखै राताम्य पार्ने
प्रेमिकाको मन जस्तो सुन्दर
सैलुङ्ग डांडामा रम्न सकिन खै किन हो ?
बुड्यौली भएछन् आकांक्षाहरु
छोटिएछन् हिडाइका पदचाप पनि
साथी त अब बाङ्गे लौरो बनेको छ
मेरा ‘बा’ त्यसरी नै हिड्नु हुन्थ्यो।

उपेक्षित हुन मन छैन किन हो
अनुभव त कयौ संगालेको छु मनमा
बाड्न खोज्छु जिवनमा पाएका शिक्षाहरु
आलाकाचा हिनताबोध ठान्छन् लिन ।
अब त इतिहास भए हिजोका दिनहरु
दन्त्य कथा भए अनुभवहरु
काम छैन अब हाम्रो बूढो रुख भएका छौ
दाउरा चिरेर आगो ताप्नु बेकामे हामिहरुको ।

रमाउदै गरेको फुलको थुङ्गा बोटबाट टिपेर
ढुङ्गाको मुर्तिलाइ चडाएर रमाउछ मान्छे
गरिब तर बिध्याको भन्डार नै किन नहोस्
धनाड्य ज्ञान लिन लाज मान्छ अहंकारले।

२०७७-०५-२८

शीर्ष समाचार

धेरै पढिएको