June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
दोस्रो खारा आक्र’मणबाट पुनर्जन्म पाएको त्यो क्षण : एकराज डाँगी

दोस्रो खारा आक्र’मणबाट पुनर्जन्म पाएको त्यो क्षण : एकराज डाँगी

२५ औं जनयु’द्ध दिवसको सन्दर्भमा नेपाली काङ्ग्रेसका नेता तथा प्रदेश सभा निर्वाचन २०७४ मा सल्यान क्षेत्र नं (क) बाट उम्मेदवार एकराज डाँगी सँग संपादक भुपिनले लिनुभएको बिशेश अन्तरबार्ता ।

१. जनयु’द्धकालीन दिनहरूलाई कसरी संझनु हुन्छ?

हामी गाउँमा बस्ने सामान्य मान्छे । २०४६ को राजनीतिक परिवर्तन पछि बिद्यार्थीकालमा बिपि कोइरालाले स्थापना गरेको पार्टी नेपाली काङ्ग्रेस राम्रो पार्टी हो भन्ने छाप पर्यो र जानीनजानी भएपनी नेपाली काङ्ग्रेसको भात्री संस्था नेबिसंघको राजनीति गरियो। नेपाली काङ्ग्रेसमा आस्था राखियो । तर त्यो भन्दा बढी नकारात्मक भएर, पुर्वाग्रह राखेर यो माओवादीको मान्छे यो कम्युनिस्टको मान्छे भनेर प्रतिशोध राखेनौं।

बीचमा २०५२ साल फागुनमा माओवादी यु’द्ध सुरु भयो । त्यसपछि हामीलाई यो काङ्ग्रेस र कम्युनिस्ट भन्या के फरक होला भन्ने महसुस हुन लाग्यो । त्यसबेला उहाँहरू संगै जोत्ने, संगै मल बोक्ने, सँगै अदुवा रोप्ने, सँगै कुसुम बोक्ने आदि भन्नुहुन्थ्यो र त्यसलाई कम्न्युन भन्या यस्तै हुन्छ भन्ने गर्नुहुन्थ्यो।

त्यतिबेला खास गरेर हामीले काङ्ग्रेसमा आस्था राखेकै कारणले हाम्रो गोठ ( खरको छाना) गाउलेहरू नछोइदिएर मावलीहरू आएर गोठ छोइदेको अवस्था हो ।

२. माओवादीबाट तपाईंलाई कस्तो व्यवहार गरिन्थ्यो ?

माओवादीहरूले त्यस्तो प्रसस्तै नराम्रो व्यबहार गरेका त होइनन। बुवा जाजरकोटमा व्यापार गर्नु हुन्थ्यो । त्यतिबेला गाउघरमा सामान्य भरुवा बन्दुक राख्ने चलन थियो। हाम्रो घरमा पनि थियो । त्यतिबेला माओवादीहरू खरिबोट, लस्तम सोतागार हुँदै पुतलीबाँसको रुट प्रयोग गर्थे । पार्टीले होकि कस्ले हो । हाम्रो घरमा ब’न्दुक रहेको जानकारी दिएछन र माओवादीहरूले हाम्रो बुवालाई गाउँ भन्दा माथी जंगलमा लगेर तपाईंको छोराले हामीलाई मार्ने भनेर किनेको बन्दुक र रू.५०००/- बुझाउनु पर्छ भनेछन । धेरै पटक अनुरोध गरेपछि बुवाले दिनुभएछ ।

अर्को कुरा म काङ्ग्रेसमा कृयाशिल भएको हुनाले अब यस्लाइ ठिक गर्नुपर्छ भनेर गाउँकै केही मान्छेले माओवादीहरूलाई यस्तो त्यस्तो गाली बेज्जती गर्यो भनेर कुरा पुर्‍याउने, सुराकी गर्ने काम भयो । त्यो अवस्थामा गाउँमा बस्दाखेरी झन ठूलो समस्या पर्न सक्छ । मर्नु पर्ने मारि’नुपर्ने अवस्था आउन सक्छ भनेर २०५६ सालमा त्यहाँ बाट बिस्थापित भएर दाङ तुलसीपुरमा बसोबास गर्‍यौं

३.जनयु’द्धले कस्तो प्रभाव / असर पार्यो जस्तो लाग्छ ?

त्यतिबेला जसरी बाटा भत्काउने, पाइपलाइन काट्ने, भौतिक संरचना ध्व’स्त गर्ने परिपाटी बन्यो । त्यसले चै राम्रो प्रभाव पारेन । त्यस्तो नगर्नु पर्थ्यो।

४.जनयु’द्ध सँग जोडीएका अविस्मरणीय क्षण छन ?

बिल्कुलै अविस्मरणीय क्षण छ । गाउँ बाट बिस्तापित भएपछि दाङमा हाम्रो कपडा पसल र गेष्टहाउस थिए । पछि मैले पेशा परिवर्तन गर्ने क्रममा बस ब्यबसाय सुरु गरे त्यतिबेला बाङेलाखुरी भन्दा माथीतिर गाडी जादैन थिए। सेनाले बाटो बनाउदै थियो। हामी २-४ जना साथीहरू मुसिकोट गाडी लिन सकिन्छ कि सकिँदैन भनेर बाटो हेर्न अवलोकन गर्न मुसिकोट गयौं।

२-४ दिन बसेर, सरसल्लाह गरेर सोलावाङ हुँदै सिम्रुतु आएर खाना खाएर सल्यान तर्फ फर्किदै थियौँ । तर त्यहाँ कसैले पनि हामीलाई त्यहाको अवस्थाबारे भनेन। सायद था थिएन होला। हामी सडकमै सडक हिड्दै आयौं । डाँगीमोडमा आइपुगे पछि खौला नजिकै ब’न्दुक पड्केको आवाज सुनियो ।  प्रहरी र माओवादी बिच सामान्य झडप भएछ । त्यसपछि अलि माथी आउदा प्रहरीहरू भेटीए । उनिहरूले अवस्था ठिक छैन । सुरक्षीत भएर यतै कतै बास बस्नोस भने । त्यसपछि हामी त्यहाँ बाट हाइबाङ पट्टिको बाटो उक्लियौं । माथी टपमा पुग्दा सम्म ५० औं घरमा बास माग्यौं तर कसैले बास दिएनन।

त्यसपछि झुल्नेटाको ठ्याक्कै माथि एउटा चौर जस्तो ठाउँ छ त्यहाँ हामीलाई लगभग २५-३० जनाको माओवादी जमातले घेरा हाले । एकातिर त भिडन्त भैरहेको छ।अर्काेतिर हामीलाई घेरा हाली सकेपछि त्यो आक्रोशित भिडले विभिन्न गालीगलौज गर्दै तिमीहरु सेना, प्रहरी हौ अब तिम्रो खैरेत छैन भनेर भन्न थाले । लास्टमा मैले उनिहरूलाई हात जोडेर बिनम्र हुँदै ” हामी यस्तो यस्तो मान्छे हौं । हाम्रो ह’त्या नगर्नोस, तपाईहरू अन्तर्राष्ट्रिय सन्धिहरू, जेनेभा महासंन्धि पालना गर्छौं भन्नुहुन्छ। बरु हामीलाई तपाईहरूको नियन्त्रणमा लिनोस, मार्ने भए पनि बुझेर मार्नुहोला भनेपछि उनिहरू अलि मथ्थर भए । र गालिगलौज कै शैलीमा लौ जाउ साले……हरू भनेर पठाए । अलि राती भैसकेको थियो । त्यसपछि दुइवटा साथीहरू चै बाटबाटै गएछन  । म चै गहु बारीबाट अलि छेउ तिर गएछु र ठ्याक्कै माथी ढिकबाट तल बाटोमा खसे र मलाई ढाडमा ठुलो चोट लाग्यो । म हिड्न नसक्ने भए । मलाई सङगै गएका साथीहरूले ल्याउनुभयो।

खौला आइपुग्दा त्यहाँ बाटोमा लाइनबद्ध भिड थियो । त्यहाँ टिकाराम वली दर्शन पनि हुनुहुदो रैछ । उहालाई सबैकुरा अवगत बनाइसकेपछी उहाले कतै सुरक्षीत ठाउँमा गएर बस्नुहोला भन्नुभयो। हामी रातारात साडे १ बजे तिर सिमखोली आएर बस्यौं । राज्यका नाइटभिजन हेलिकप्टर देखि सबै परिचालन भएको थिए त्यतिबेला । त्यो ठूलो आक्रमण थियो त्यतिबेलाको । दोस्रो खारा आक्रमणको घटना हो । त्यो घटना बाट पुन: जन्म पाएको अनुभव हुन्छ अहिले । त्यो घटना अविस्मरणीय छ।

५. तपाईंको विचारमा जनयु’द्धका राम्रो – नराम्रो पक्षहरू के हुन?

नराम्रो पक्ष चैं माओवादीहरूको जुन उदेश्य थियो – कमजोर मान्छे, गरिब मान्छे लाई प्रमोट गर्ने, माथी ल्याउने, अबिकसित देशलाई विकसित गर्ने, जनवाद ल्याउने हिजो जो किसमको समाजलाई पढाइएको थियो। त्यो किसमको अहिले अवस्था देखिदैन।

राम्रो पक्ष भन्दाखेरी चैं हिजो समाजमा जातगत रुपमा जुन विभेद भियो, सैद्धान्तिक रुपमा त काङ्ग्रेसले धेरै पहिला उठाएको कुरा थियो तर ब्यबहारिक रूपमा जनयु’द्ध बाट हटेको छ । सामान्य मान्छेलाई पनि चेतनास्तर उठाएको छ । सजिलै आफ्ना कुरा राख्न सक्ने, प्रतिवाद गर्न सक्ने बनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको