September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
स्मृतिमा जनयु’द्ध : दरबार ह’त्याकाण्ड भएकै दिन माओबादी संग रातभरी छलफल

स्मृतिमा जनयु’द्ध : दरबार ह’त्याकाण्ड भएकै दिन माओबादी संग रातभरी छलफल

फागुन १ गते देखि देशमा १० बर्ष लामो सस’स्त्र यु’द्ध सुरु भएको २५ औं बर्ष सुरु भयो। जनयु’द्धमा सहभागीहरूका अनुभुतीहरू त एकखालका छदै छन तर जनयु’द्धमा सहभागी नभएका राजनीतिकर्मीहरूका अनुभुतीहरू चैं कस्ता होलान भन्ने जिज्ञासा मेटाउन त्यतिबेला देखी सल्यान जिल्लाको राजनीतिमा सक्रिय तथा हाल नेकपा (नेकपा) का केन्द्रीय सदस्य तथा सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित मा. गुलावजङ्ग शाह सँग नयाँ दृष्टि डटकमका संपादक भुमप्रकाश भण्डारी ‘भुपिन’ ले २०७६ फागुनमा तयार पार्नु भएको बिशेश अन्तरवार्ता।

१.जनयु’द्धलाई कसरी सम्झनु हुन्छ?

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयु’द्ध घोषना गर्दै गर्दा म त्यस बेलामा नेकपा एमालेमा सक्रिय थिए । सुरु सुरुमा जनयु’द्ध भन्ने वास्तवमा मान्छेहरु लाई थिएन । हामीले बुझे अनुसार राजनितिक रुपमा चिनियाँ क्रान्ति, माओत्सेतुङ विचारधारा गाँउ गाँउ बाट उठाएर केन्द्रिकृत राज्य लाई प्रहार गर्ने निति थियो । माओबादीको त्यो निति लाई हामीले बुझेका थियौ ।

तर पछिपछि विभिन्न राजनितिक पाटीका बिचमा अलि निर्ममतापूर्ण व्यवहार भयो । नेकपा एमालेको निति चाहि जनताको अभिमत द्धारा, जनताको मन जितेर जनताबाट निर्वाचित भएर राज्य सत्ता लाई रुपान्तरण गर्ने कुरा थियो ।

यो फरक फरक धारहरू त्यसबेला अगाडी बढि रहेको थियो । तर तत्कालीन समयमा नेकपा एमालेका कार्यकर्ताको रुपमा अनुभुति गर्नु पर्दा चैं फरक फरक बन्दुकको लडाइको विचमा नेकपा एमालेका कार्यकर्ता थिए । एकातिर माओबादीको यु’द्ध थियो भने अर्को तर्फ सरकारको राज्यको आंतक थियो ।

यी २ वटा बन्दुकको चेपुवामा तत्कालीन एमालेका कार्यकर्ता अथवा अरु राजनैतिक दलका कार्यकर्ता भएको हुनाले जनयु’द्ध वास्तबमा आम नेपालीको पक्षमा छैन कि भन्ने त्यस बेला हाम्रो अनुुभुति थियो ।

तर विगत सम्झदा व्यतिक्तगत ढंगले कति दुख पिडा भयो त्यो आफ्नो ठाँउमा होला तर आम रुपमा मान्छेले जनयु’द्ध स्वीकारेका थिएनन । पछिपछि एउटा खालको वातावरण बन्यो र अहिले हामी यो स्थीतिमा पुगेका छौँ । खास गरि भन्नु पर्दा जनयु-द्ध र सरकार यु-द्धले गर्दा धेरै मान्छेलाई चेपुवामा पारेको थिए भन्ने मेरो बुझाइ छ ।

२. तपाईंलाई माओवादी र राज्य पक्षले कस्तो व्यबहार गर्थे ?

तत्कालीन माओबादीले मलाई दुर्व्य’वहार गरेको मलाई सम्झना छैन । बरु तत्कालीन मालेको नेतृत्व हुनुको नाताले त्यो बेला सल्यान बाट काठमाण्डौँ जानु पर्थ्यो। एउटा अनुभुति छ । २०५६ सालतिर हो। म युवा संघको केन्द्रिय कमिटिको बैठकमा जान लागेको थिए । कपुरकोटमा नेपाल आर्मीले सुरक्षा जाँच गर्ने कुरा भयो । सर्च गर्ने बेला म सगँ एउटा डायरी पनि थियो जस भित्र सल्यान जिल्लाको फोटो पनि थियो । आर्मीले फोटो भेटायो । त्यसपछि, ती आर्मीहरूले मलाई माओवादीहरूलाई फोटो दिएर सुराकी गर्ने, सल्यानमा प्रहार गर्न लगाउने भनेर मानसिक टर्चर दिन थाले । तथापि म नेतृत्वमै थिए । पार्टी सचीव थिए। २०५६ को आम निर्वाचनको उम्मेदवार थिए। जवसको केन्द्रिय सदस्य थिए । मलाई त त्यति पीडा हुन्थ्यो भने आम सर्वसाधारण लाई सुरक्षा निकायका ती पोस्टहरु पार गर्दा कस्तो पिडा भयो होला ?

३.जनयु’द्धले तपाईंको जिवनमा कस्तो प्रभाव पार्यो ?

व्यक्तिगत जिवनमा मलाई खास त्यस्तो फरक असर गरेको मलाई अनुभुती छैन ।

४.जनयु’द्ध सँग जोडिएको अविस्मरणीय क्षण के छ ?

२०५८ सालको जेठ महिनामा सल्यान जिल्लामा तत्कालीन नेकपा मालेले बिसु ( बिस्तार र सुदृढीकरण ) अभियान चलाएको थियो। २०५४ सालको पार्टी बिभाजन पछि म त्यतिबेला सल्यान जिल्लाको सचिव थिए। हामी कालिमाटी, रामपुर, तृबेनी, झिम्झे हुँदै अहिले शारदा नपाको वडा नं १५ हरलेमा पुग्यौं । डाँडागाउँमा हाम्रो एउटा कार्यक्रम हुँदै थियो। त्यतिबेला एकजना अगुवा माओवादी कार्यकर्ता भाइ आए र भने -” हाम्रो पार्टी सचीव सौरवले तपाईलाई भेट्न खोज्नु भएको छ। त्यसपछि मैले भने – ‘म त बैधानिक आन्दोलनमा लागेको पार्टीको मान्छे, संसदीय अभ्यासमा लागेको पार्टीको मान्छे। हाम्रो अभियान छ। फेरि हामीले भेट्यौं भने तपाहरू पनि असुरक्षित, हामी पनि असुरक्षित हुन सक्छ। राज्य पक्षले दमन गर्न सक्छ । भेट्ने नै भए दिउसो नभेटौं, बेलुका तिर भेटौ ।”

हरलेमा जेठ १९ गते शुक्रवार बेलुका भेट भयो। एउटा पार्टी सचीव सौरव र अर्को पार्टी सचीव म , हाम्रो केन्द्रिय प्रतिनिधि शालिकराम भण्डारी पनि हुनुहुथ्यो। रातभरि छलफल भयो। ठुलो बहस भयो। त्यसबेला आधार ईलाकामा प्रवेश निषेध गर्ने माओवादी निति थियो। मैले कसैको आधार इलाका भत्काउन जान नलागेको तर आफ्नो राजनीतिक, बैचारिक अभियान चलाउछौं भने । रातभरि छलफल गरियो तर दुर्भाग्य त्यसैदिन राति राजा बिरेन्द्रको वंश बिनास भएपछि हामी अभियान रोकेर सदरमुकाम फिर्ता भयौं ।जनयु’द्ध कालमा राजा बिरेन्द्रको वंश विनाश हुदा हामी चैं रातभरी माओवादी सँग बहस छलफल गरेको कुरा याद आइराख्छ।

५.जनयु’द्धका राम्रा पक्ष नराम्रो पक्ष के हुन जस्तो लाग्छ ?

राम्रो पक्ष -आम जनतालाई उद्देलित गराएर, गोलबन्द गराएर, मोर्चागत रुपमा, राजनीतिक रुपमा अगाडी बड्न सफल भयो । बिकार पक्ष चै मानवीय र भौतिक संरचनाको ठुलो क्षति भयो । समग्रमा यसको मुल्यांकन गर्दा राजनीतिक रुपान्तरण र परिवर्तन कै पक्षमा डोर्याएको छ।

६.जनयु-द्ध दिवसको अवसरमा के भन्न चाहानु हुन्छ ?

पुराना घाउ कोट्याएर अगाडी बढ्न सकिदैन, बिर्षनु पर्छ। बिगत बाट शिक्षा लिदै आगाडी बड्नु पर्छ। घाइते अपांग र सहिद परिवारलाई पार्टीले हेर्नु पर्यो। सबैलाई पुराना घाउ बिर्साउने ढंगले गतिविधि, अभियान चाल्नुपर्छ। यहि मेरो शुभकामना छ।

शीर्ष समाचार

धेरै पढिएको