September 30, 2020, Wednesday
२०७७ आश्विन १४, बुधबार
नेपाल रेडक्रस सोसाइटीद्धारा दार्मा गाउँपालिकालाई सामाग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीद्धारा दार्मा गाउँपालिकालाई सामाग्री हस्तान्तरण

प्रकाश शर्मा

साउन २०, सल्यान नेपाल रेडक्रस सोसाइटी एकिकृत सामुदायिक उत्थानशिल परियोजना सल्यानले दार्मा गाउँपालिकालाई क्वारेनटाइन ब्यबस्थापनका सामान हस्तान्तरण गरेको छ ।

रेडक्रस दार्मा शाखाका संयोजक अन्नत प्रसाद शर्माको उपस्थितिमा सामान हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको सामानमा हिल ट्यांकी २ थान, स्टेन, २ थान, कम्मल १० थान त्रिपाल १० थान, प्लाष्टिक बाल्टी ११ थान, प्लाष्टिक जग ११ थान स्टिल डिनर प्लेट २५ थान, हरपिक ५ थान शौचालय ब्रस ५थान, हात धुने साबुन १० थान, ह्याण्ड वासिङ् बोतल ५ थान, पिपिई सेट ५ थान, स्यानेटरी प्याड २९० थान, सचेतना मुलक पर्चा प्रिन्ट १४ थान रहेका छन् ।

हस्तान्तरण कार्यक्रममा जिल्ला परियोजना अधिकृत राम प्रसाद भन्डारी, कृष्ण पोख्रेल डि.आ.र.आ. अफिसर, पुर्ण हमाल जुनियर ईन्जिनियर सहित को टोलिले गाउँपालिका अध्यक्ष निम बहादुर केसी उपस्थिति रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको