July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
दुवै मृगाैलामा समस्या भई उपचाररत रेउलेलाई २ लाख बढी आर्थिक सहयोग हस्तान्तरण

दुवै मृगाैलामा समस्या भई उपचाररत रेउलेलाई २ लाख बढी आर्थिक सहयोग हस्तान्तरण

असार २६, सल्यान । दुवै मृगाैलामा समस्या आई उपचाररत शानपा १ चैबाङ निवासी चित्र रेउलेलाई शारदा नगरपालिका १ मा रहेकाे Common youth group ले पुन: आर्थिक सहयाेग गरेकाे छ ।

शानपा वडा नं १ का वडा अध्यक्ष नवराज बुढाथाेकीकाे उपस्थितिमा रु .२,२८,४५३ सहयाेग हस्तान्तरण गरिएकाे हो ।विरामीलाई बचाउन सहयाेग संकलन गरिएकाे अभियान्ता खेमराज बाेहराले जानकारी दिए ।

अभियान्ता लालु देवकाेटाले सहयाेग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेका छन् । विरामीलाइ उपचारका लागि ठुलाे रकम आवश्यक रहेकाले सहयाेग संकलन कार्य जारी रहेकाे अभियान्ता भिम बहादुर खड्काले जानकारी दिए ।

शानपा १ का वडा अध्यक्ष नवराज बुढाथाेकीले सहयाेग गर्ने सम्पुर्ण सहयाेगीहरुलाई धन्यबाद दिदै विरामिकाे आर्थिक अबस्था कमजाेर भयकाले सहयाेग गर्न ईच्छा भएका सबैलाई सहयाेग गरिदिन आग्रह गरेका छन ।

अभियान्ता महेन्द्र बस्नेतले यस अघि पनि common youth group ले विरामी रेउलेलाई पहिलाे पटक रु. १,७०,८१३ / दाेस्राे पटक रु. १,०१,६९८ / सहयाेग गरेकाे र अहिले हस्तान्तरण गरियकाे रु २,२८,४५३ सहित जम्मा रु. ५,००,९६४ / सहयाेग रकम हस्तान्तरण गरिएकाे जानकारी दिए भने सामाजिक कार्यमा समय दिन पाउँदा आत्मसन्तुष्टि मिल्ने गरेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको