July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
कालिमाटी गापाको १० औं गाउँसभा सम्पन्न : शिक्षा, स्वास्थ्य, कृषी र राेजगारीलाई प्राथमिकता

कालिमाटी गापाको १० औं गाउँसभा सम्पन्न : शिक्षा, स्वास्थ्य, कृषी र राेजगारीलाई प्राथमिकता

दुर्गा विसि / असार ०८, सल्यान । सल्यानकाे कालिमाटी गाउँपालिकाकाे १० औं गाउँ सभा सम्पन्न भएको छ । यसपाली कालिमाटी गाउँपालिकाले सल्यानका अन्य स्थानीय तहहरू मध्ये सुरुमा गाउँसभा सम्पन्न गरेको हो ।

वडा स्तर बाट अाएका विभिन्न सुझाव सल्लाहलाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन र स्वराेजगारमुखी कार्यक्रमलाइ पहिलो प्राथमिकतामा राखेको कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी केसीले बताए ।

गाउँपालिका अध्यक्ष दानवहादुर केसीले प्रस्तुत गरेको गाउँपालिकाकाे निति तथा कार्यक्रममा दफाबार  छलफल पछि  सभाले पास गरेको हो । त्यसैगरी सभाले उपाध्यक्ष शहनशिलता वलीले अागामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेट पनि पास गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्षको कुल बजेट ५२ करोड ३५ लाख २० हजार प्रस्तुत गरेको छ ।  पुजिंगत तर्फ २६ करोड ५० लाख र चालुतर्फ २५ कराेड ८५ लाख २० हजार बराबरकाे बजेटलाई सभाले पास गरेको हो।

चालू आर्थिक वर्षको  खर्च नभइ बाँकी रहने अनुमान गरिएको ६ कराेड, गाउँपालिकाकाे अान्तरिक श्रोत र राजश्व बाँडफाँड बाट २ कराेड, संघीय सरकारबाट वितिय समानिकरण अनुदान ९ करोड ५३ लाख, संघिय सरकारबाट राजश्व बाँडफाँड ९ करोड १५ लाख, कर्णाली प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड २ लाख ८७ हजार बजेटकाे श्रोत परिचालन हुने जनाईएको छ ।

याे सँगै कालिमाटी गाउँपालिकाकाे १० औं गाउँसभा सौहर्दपूर्ण रुपमा सम्पन्न भएको छ । गाउँपालिकाकाे २०७८/०७९ काे बजेटमा काेभिड-१९ काे असरलाइ न्युनिकरण गर्ने कुरामा विशेष प्राथमिकता रहेको छ ।

त्यस्तै शिक्षा स्वास्थ, कृषि, राेजगार, पर्यटनलाई विशेष महत्त्वका साथ हेरिएको छ भने अधुरो विकासे पुर्वाधारले समेत पुर्णता पाउने गरि वजेट विनियोजन गरिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको