July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
शारदा नदिको बिचमा टापुमा अलपत्र १२ जना किसानको सकुशल उद्धार ( तस्वीरहरू )

शारदा नदिको बिचमा टापुमा अलपत्र १२ जना किसानको सकुशल उद्धार ( तस्वीरहरू )

सल्यान ३, असार । सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदिको विच टापुमा फसेका १२ जना किसानहरूको सकुशल उद्धार गरिएको छ ।

बिहान नदिको दुई हंगालो फाटेको बिच भागमा रहेको टापु जस्तो ठाँउको खेतमा धान रोप्न गएका १२ जना स्थानीय किसानहरू
अविरल वर्षापछि नदिमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेका थिए ।

अलपत्र परेकाहरु १२ जनाको डोरीको माध्यमबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको सबुज गणका गणपती कन्चन बस्नेत ले जानकारी दिए ।

यसरी गरियो उद्धार, तस्वीरहरू :

शीर्ष समाचार

धेरै पढिएको