July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
सल्यान पश्चिमसँगै सुर्खेतको सिम्ता क्षेत्रमा सञ्चार र विधुत सेवा विच्छेद

सल्यान पश्चिमसँगै सुर्खेतको सिम्ता क्षेत्रमा सञ्चार र विधुत सेवा विच्छेद

दुर्गा विसि – असार ३, सल्यान । अविरल परेको भारी वर्षाका कारण सल्यान पश्चिमसँगै सुर्खेतको सिम्ता क्षेत्रमा फाेन सेवा अवरुद्ध भएको छ ।

विद्युत अवरुद्धसँगै फाेन, ईन्टरनेट सेवा समेत प्रभावित भएको छ । फाेन सेवा अवरुद्ध हुदा गाउँ वस्तीसँग सम्पर्क टुटेको छ । पहिल्यै नै यस क्षेत्रमा राम्रो माेवाइल नेटवर्किङ नभएकोमा वर्षाका कारण अहिले फाेन सेवा नै अवरुद्ध भएको छ ।

लगातारकाे वर्षाका कारण कुन टावरमा खराबी छ भन्ने कुरा नेपाल टेलिकमलाई समेत अताेपताे छैन । स्काई, नमस्ते, ईन्टरनेट फाइबर सेवा समेत बन्द रहेको छ । टेलिकमले टावरहरुमा साेलार व्याट्रीको पावरकाे कन्नेक्सन अपुग भएका कारण समस्या भएको हुनसक्ने जनाएको छ ।

उच्च भुभागमा रहेका लेकहरुमा साेलार प्यानलबाट ती टावरले काम गरिरहेका छन् । धेरै लामाे समय घाम नलागेर बदली र भारी वर्षाले समस्य उत्पन्न भएको नेपाल दुर सञ्चार प्राधिकरण कर्णाली प्रदेश कार्यालयको भनाइ रहेको छ ।

विहिवार सम्ममा सेवा सुचारु हुने कार्यालयले जनाएको छ । कहाँ के खराबी रह्याे भने कुराका चेकजाँचकाे लागि प्राविधिक टाेलि फिल्ड पठाइ सकेको तर भारि वर्षाका कारण केही कठिनाइ भएको जनाईएकाे छ ।

३ दिन पछि विद्युत सेवा सुचारु भए पनि फाेन सेवा चाहिँ सुचारु हुन सकिरहेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको