June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
ज्ञानेन्द्र शाहीले छत्रेश्वरी गाउँपालिकालाई पठाए, कन्सन्ट्रेटर सहित ५ लाखको स्वास्थ्य सामाग्री

ज्ञानेन्द्र शाहीले छत्रेश्वरी गाउँपालिकालाई पठाए, कन्सन्ट्रेटर सहित ५ लाखको स्वास्थ्य सामाग्री

जेठ २८, सल्यान । सल्यानको छत्रेश्वरि गाउँपालिकालाई ज्ञानेन्द्र शाहीको पहलमा स्वास्थ्य सामाग्री प्राप्त भएको छ। “हाम्रो नेपाल हामी नेपाली”का संयोजक शाहिको पहलमा स्वास्थ्य सामाग्री आएको हो।

गाउँपालिकाको कोभिड अस्पताल भोटेचौरलाई २ थान अक्सिजन कन्सन्ट्रेटर, १० थान पिपिई सेट, अक्सिमिटर, गुल्कोमिटर, माक्स, स्यानिटाइजर, हेडक्याप, ह्यान्ड वास, स्प्रे पम्प, ग्लोब्स, थर्मल गन, औषधि लगाएतका सामाग्री प्राप्त भएको गाउँपालिकाका सहायक स्वास्थ्य शाखा प्रमुख गणेशमान डाङीले बताए।

यसैगरी गाउँपालिकाको वडा नम्बर- २ लाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहितका अन्य स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त भएको वडा अध्यक्ष प्रेम खड्काले बताए।

प्राप्त भएको स्वास्थ्य सामाग्री ५ लाख बराबरको रहेको छ। उक्त सामाग्री ज्ञानेन्द्र शाहीले हस्तान्तरण गरेका हुन। बोधीसत्वा बिहार बिहारको आर्थिक सहयोग, हामी नेपाली हाम्रो नेपालका संयोजक शाहिको समन्वयमा आएको उक्त सामाग्री ल्याउन हेमराज ओलि र शिव घर्तीले पहल गरेका थिए।

गाउँपालिकालाई उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको प्रती गाउँपालिका अध्यक्ष सन्तोष केसिले ज्ञानेन्द्र शाही लगाएत सम्पुर्ण पहलकर्ता हरुलाई धन्यवाद ब्यक्त गरेका छ्न।

शीर्ष समाचार

धेरै पढिएको