September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
सल्यानमा थप १ हप्ता लकडाउन : हप्तामा ३ दिन बैंक खोल्न पाईने

सल्यानमा थप १ हप्ता लकडाउन : हप्तामा ३ दिन बैंक खोल्न पाईने

सल्यान २५, जेठ । सल्यानमा १ हप्ता लकडाउन थप गरिएको छ । जिल्लामा कोरोना संक्रमण तथा मृतकको संख्या बढ्दै गएपछि बैशाख महिना देखी जारी लकडाउन पुनः एक हप्ताका थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सल्यानको बैठकले जेठ २७ गते बिहान १ बजेदेखि असार २ गते राती १२ बजेसम्मका लागि लकडाउन थप गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताउनुभयो ।

 

बैठकले यसअघि सातामा दुइ दिनमात्रै खुल्दै आएका जिल्लाका बैंकहरु सातामा तीन दिन खोल्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आइतबार, बुधबार र शुक्रबार बिहान १० देखि देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने सकिने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको