नेपाल स्काउट द्धारा मास्क स्यानिटाइजर र पोष्टर वितरण

नेपाल स्काउट द्धारा मास्क स्यानिटाइजर र पोष्टर वितरण

सल्यान,२०जेठ ।

नेपाल स्काउटले सल्यान जिल्लाका विभिन्न ठाउँमा विहिबार मास्क सेनिटाइजर तथा पोष्टर वितरण गरेको छ । नेपाल स्काउट कर्णाली प्रदेश समिति सदस्य तिलक खत्रीको नेतृत्वमा वितरण गरिएको हो । शारदा नगरपालिका ५ पोखरा,कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर र बनगाड नगरपालिका केहि ठाउँमा वितरण गरिएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ११ रैकर बजार नजिक सुर्खेत गुर्बाकोट ९ घुघुतीखोला नजिक मा अन्दाजी करिब १०० भन्दा बढी राउटेहरु बसिरहेका थिए । नेपाल स्काउटको टोलि उक्त स्थानमा पुग्दा अन्यत्र स्थानबाट राउटे युवती सम्झानालाई हेर्न र टिक टक बनाउन आएका ब्यक्तिको भिड भाड देखिन्थ्यो । उनिहरु प्राय ब्यक्ती माधक पदार्थ सेबन गरि लठ्ठीएका थिए । नेपाल स्काउटको टोलि त्यहा पुगि उनिहरुलाई नेपालमा द्रुत गतिमा बढीरहेको कोरोना भाइरस कसरी सर्छ र उक्त रोगबाट बच्न सामाजिक दुरि कायम गर्ने ,साबुन पानीले मिची मिची हात धुने ,मास्क्को उचि प्रयोग गर्ने र मादक पदार्थ सेबन नगर्ने जस्ता कुराहरु सिकाउनु का साथै मास्क पनि बितरन गरियो र उनिहरुको शरिरिक तापक्रम पनि जाँच नेपाल स्काउटले गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको