September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार
धरानको प्रहरी चौकीमा आक्रमण : असई सहित ३ प्रहरी घाईते, एक जनाको अवस्था गम्भीर

धरानको प्रहरी चौकीमा आक्रमण : असई सहित ३ प्रहरी घाईते, एक जनाको अवस्था गम्भीर

जेठ १४, धरान । धरानको एउटा प्रहरी चौकीमा स्थानिय समुहले आक्रमण गरेको छ । स्थानिय दुई समुह विच झडप भएपछि प्रहरी चौकीमा एउटा समुहका मान्छेहरु उजुरी दिन आएको वेला अर्काे समुहले प्रहरी चौकीमै आक्रमण गरेको हो । दुई समूहबीचको विवादले प्रहरी चौकीमा आक्रमणसम्मको स्थिति बनेको बताईएको छ ।

बिहिबार धरानमा स्थानीय बासिन्दाहरुको झडप भएको र झडप पछि एउटा समुहका मान्छे प्रहरी चौकीमा उजुरी दिन आएको बेला मास्क लगाई आएका आठ नौ जनाको समूहले अचानक प्रहरी चौकीमा आक्रमण गरी भागेको धरानका प्रहरी इन्सपेक्टर हेमराज ओलीले बताए ।

धरानमा स्थानीय दुई समूहबीच एक आपसमा झडप भएको र झडपमा परि चौकीमा जाहेरी दिन आएका दुई जनाले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै गर्दा अर्को समूहले प्रहरी चौकी नै तोडफोड गरेर भागेका हुन ।

झगडाको विषयलाई लिएर एउटा पक्ष प्रहरीमा जाहेरी दिन आउँदा अर्को पक्षको समूहले प्रहरी चौकीमा आएर आक्रमण गरेको प्रहरीले जनाएको छ।

जाहेरी दिन आएकाले प्रहरीलाई अर्को पक्षले आफूहरुलाई काट्न खोजेको बताउँदै थिए । उनीहरुको कुरा सुन्दा सुन्दै अर्को समूहले चौकीमा आक्रमण गरी भागेको बताईएको छ । आक्रमणमा असई सुमन दाहाल गम्भीर घाइते भएका र दुई प्रहरी सामान्य घाइते भएको इन्सपेक्टर ओलीले बताए । उनीहरुको अहिले खोजी भइरहेको छ ।

फाइल फोटो ।

शीर्ष समाचार

धेरै पढिएको