September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
बनगाडमा एम्बुलेन्स नपाएर ज्यान गुमाएका वुढाको कोभिड रिपोर्ट पोजेटिभ

बनगाडमा एम्बुलेन्स नपाएर ज्यान गुमाएका वुढाको कोभिड रिपोर्ट पोजेटिभ

दुर्गा विसि –जेठ ९, सल्यान । केहि दिन अघि सल्यानको बनगाड कुपिण्डे नगरपालिका, १ सल्लीबजार निवासी ४९ वर्षिय भोला प्रसाद वुढाको एम्बुलेन्स खोज्दाखोज्दै अकालमै ज्यान गयो ।

नगरपालिका र स्वास्थ्य शाखा प्रमुखले समयमै नगरपालिकाको एम्बुलेन्स नदिएपछि समयमै अस्पतालमा लिन नपाएर उपचार अभावमा उनको ज्यान गएको भन्दै परिवारले सम्बन्धित निकाय प्रति रोष प्रकट गरेका छन् ।उक्त घटनाले यतिखेर यो क्षेत्र तरंगित वनेको छ । सर्वत्र यस घटनाको विरोध भएको छ । नगरपालिका र स्वास्थ्य शाखालाई लक्षित गर्दै यहाँका स्थानीयले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट चौतर्फी विरोध जनाएका छन् ।

सुरुमा कुनै लक्षण नभएको तर एक्कासी श्वासप्रश्वासमा समस्या उत्पन्न भए पछि घरपरिवारले वुढालाई नगरको अस्थाई कोभिड अस्पतालमा लगेका थिए ।त्यहाँ पुगे पछि झन अवस्था नाजुक बने पछि उपचारको लागि अन्यत्र लिन खोज्दा एम्बुलेन्स नपाएको उनिहरुको दुखेसो छ । स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले घटनाको सबै जिम्मेवारी लिएका छन् ।

यता बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मञ्जु यरिले शाखा प्रमुखलाई कारवाहि गर्ने गरि प्रक्रिया अघि वढाउने विज्ञप्ति समेत प्रकाशि गरि सकेका छन् । कार्यपालिका बैठकले छलफल गरि कारवाहि हुने जनाएको छ । यो दुखद घटना प्रती सबै संयमता अपनाउन अनुरोध समेत गरिएको छ। शाखा प्रमुख पोख्रेलले समेत आफुबाट भएको यो त्रुटिपूर्ण कार्यको क्षयामा याचना सहितको विज्ञप्ति प्रकाशित गरिसकेका छन् ।

कोभिडकै कारण आफ्ना वुवाको मृत्यु भएकोले सबैलाई सजगता अपनाइदिन र नगरपालिकाले पनि बुबाको सम्पर्कमा गएका मान्छेको कन्ट्याक्ट् ट्रेसिङ चेकिङको व्यवस्थापन मिलाइदिन छोरा हेमन्त वुढाले अनुरोध पनि गरेका छन् ।

पिडित परिवारको न्यायका लागि उक्त दिन दिनभर तनावग्रस्त भएको थियो । निकै भिडभाड समेत भएको थियो । त्यसैले सबैलाई संयमता अपनाइ स्वास्थ्यमा केही समस्या उतपन्न भएका नागरिकको चेकजाँचको व्यवस्थापन गरिदिन समेत पिडित घरपरिवारको माग रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको