September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
सल्यानमा अक्सिजन प्लान्टको नाममा अनियमितता : छानविन गर्न समिति गठन

सल्यानमा अक्सिजन प्लान्टको नाममा अनियमितता : छानविन गर्न समिति गठन

जेठ ०२, सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्टको नाममा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि अनियमिता भएको भन्दै उजुरी परेपछि छानविनको लागी ४ सदस्यीय समिति गठन भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सल्यानमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि हुमागाई खतिवडाको अध्यक्षता बसेको बैठकले उक्त छानविन समिति गठन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको अध्यक्षता गठन भएको उक्त समितिको सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानबाट एकजना सदस्य रहने जनाईएको छ । त्यस्तै अन्य सदस्यहरुमा शारदा नगरपालिका सल्यानका स्वास्थ्य शाखा प्रमुख र एक जना बायो मेडिकल इञ्जीनियर रहने बताईएको छ ।

छानविन समितिका ३ जना जिल्लामै उपलव्ध भएको तर बायोमेडिकल इञ्जीनियर सल्यानमा नभएको हुनाले बायोमेडिकल ईञ्जीनियर आएपछि छानविन समितिले काम थालनि गर्ने प्रमुख जिल्ला अधिकारी हुमागाईले बताउनु भयो ।

बायोमेडिकल इञ्जीनियरको लागी स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत सँग समन्वय गरिने उहाँको भनाई छ । आफुलाई पनि अक्सिजन प्लान्ट उद्घाटन गर्ने भन्दै बोलाएपछि गएको उद्घाटन कार्यक्रममा गएको उहाँले बताउनु भयो ।

छानविन पछी दोषी ठहरिए जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने र भुक्तानी पनि रोक्का गरिएको उहाँको भनाई छ । यदि खरिदकर्ताले नै गडबढी गरेको पाइए उक्त कम्पनीलाई कालो सूचीमा राखिने उनको भनाई छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्टको जडान गरिएको भन्दै शनिबार प्रतिमिनेट ४० लिटर अक्सिजन सप्लाई गर्ने अक्सिजन कन्सन्ट्रेटर जडान गरिए गरिएको थियो । सामान र जडान जडान खर्च गरि जम्मा ५१ लाखमा काम सम्पन्न भएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले बताएका थिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुुसमा अक्सिजन प्लान्ट उपलब्ध गराउन ४० लाखको टेन्डर गरेको थियो । उक्त टेन्डर ३८ लाख ९९ हजार मुल्यमा ड्रागन मेडिकल प्रालि सुर्खेतले हात पारेको थियो ।

तर अक्सिजन प्लान्ट र अक्सिजन कन्सन्ट्रेटरमा धेरै फरक रहेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले खरिद गरेको कन्सन्ट्रेटरलाई बढिमा ४÷ ५ हजार मुल्य पर्ने बताईएको छ ।

स्वास्थ्य कार्यालय सल्यानले अक्सिजन कन्सिन्ट्रेटरलाई, प्लान्ट भनेर झुक्यायो, लाखौंको घोटाला

शीर्ष समाचार

धेरै पढिएको