June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
घोटाला गरेको उजुरी परेपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका कर्मचारीहरूलाई सिडिओ कार्यालय बोलाइयो

घोटाला गरेको उजुरी परेपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका कर्मचारीहरूलाई सिडिओ कार्यालय बोलाइयो

जेठ ०२, सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानका कर्मचारीलाई सिडियो कार्यालय बोलाइएको छ । अक्सिजन प्लान्ट जोडिएको भन्दै अक्सिजन कन्सिन्ट्रेटर जोडेको उजुरी परेपछि छलफलको लागी उनिहरूलाई सिडिओ बोलाईएको हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दसरथ श्रेष्ठ, सूचना अधिकारी थलराज डिसी, लेखापाल लव बिक्रम शाह, स्टोर प्रमुख लगाएत अस्पताल बिकास समिति अध्यक्ष सिपि ओली लगाएतलाई छलफलको लागि बोलाइएको हो ।

स्वास्थ्य सेवा कार्यालयले शनिबार अक्सिजन प्लान्ट भन्दै अक्सिजन कन्सन्ट्रेटर उद्घाटन गरेको थियो । स्वास्थ्य कार्यालय सल्यानले अक्सिजन कन्सिन्ट्रेटरलाई, प्लान्ट भनेर झुक्याएको छ । अक्सिजन प्लान्टको लागि बिज्ञापन गरेको कार्यालयले करिब ४ – ५ लाख रुपैयाँमा बजारमा पाइने कन्सन्ट्रेटरलाई ५१ लाखमा जडान गरेर अक्सिजन प्लान्ट उद्घाटन गरेको बताएको थियो ।

कन्सन्ट्रेटर लाई अक्सिजन प्लान्ट भन्दै कार्यालयले लाखौंको घोटाला गरेको हो ।

जिल्लामा कोरोना महामारीको संक्रमन बढिरहेको बेला अक्सिजन अभाव भैरहेको बेला अक्सिजन प्लान्ट भनेर शनिबार अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ ।

प्रदेश सरकारको बजेटमा खरिद गरिएको उक्त कन्सिन्ट्रेटरलाई शनिबार शानपा मेयर र सिडिओले उद्घाटन गरेका थिए । त्यस्तै विभिन्न नेताहरूले अक्सिजन प्लान्ट भनेर स्टाटस लेखेका थिए ।

प्रतिमिनेट ४० लिटर अक्सिजन सप्लाइ गर्नेसक्ने कन्सिन्ट्रेटरलाई अक्सिजन प्लान्ट भनेर प्रचार गरिएको छ । तर उक्त मेसिन अक्सिजन प्लान्ट नभएको डाक्टरहरूले बताएका छन ।

अक्सिजन प्लान्ट भनेर ल्याइएको उक्त सामाग्री प्लान्ट होइन । उक्त सामना खरिदमा लाखौंलाख घोटाला भएको छ । बजारमा प्रति मिनेट १० लिटर अक्सिजन सप्लाइ गर्ने एउटा कन्सन्ट्रेटरलाई ५० हजार देखि १ लाख ५० पर्ने गरेको छ ।

सो आधारमा जिल्ला अस्पताल सल्यानको लागि स्वास्थ्य सेवा कार्यालयले ल्याएको खरिद गरेको उक्त सामाग्री उक्त ४ वटा कन्सिन्ट्रटर बराबरको हो ।

सो हिसाबले उक्त कन्सिन्ट्रटरलाई बढिमा ४/५ लाखमा किन्न सकिन्छ । अन्लाईन सामान सप्लाइ गर्ने चाइनिज कम्पनी अलीबाबा ले उक्त मेसिनलाई बढिमा २ लाख ८५ हजार मुल्य राखेको छ । तर स्वास्थ्य सेवा कार्यालयले किनेको Longfian Scitec ho LTD कम्पनिकाे माेडेल नम्बर JAY-40 काे अक्सिजन कन्सन्ट्रेटरलाइ स्वास्थ्य कार्यालयले ५१ लाखमा खरिद गरेकाे हाे । यहि कम्पनिकाे यहि माेडल नम्बरलाइ अलिबाबा अनलाइन सपमा २ लाख ४६ हजार देखि २ लाख ८१ हजारसम्म पर्ने उल्लेख गरिएकाे छ ।

उक्त बिषयमा छानबिनको लागि सिडिओ कार्यालय सल्यानमा उजुरी परेपछी स्वास्थ सेवा कार्यालयका प्रमुख सहित अस्पताल विकास समिति सँग सिडिओ छलफलको लागि बोलाउनु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको