June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
स्वास्थ्य कार्यालय सल्यानले अक्सिजन कन्सिन्ट्रेटरलाई, प्लान्ट भनेर झुक्यायो, लाखौंको घोटाला

स्वास्थ्य कार्यालय सल्यानले अक्सिजन कन्सिन्ट्रेटरलाई, प्लान्ट भनेर झुक्यायो, लाखौंको घोटाला

जेठ ०२, सल्यान । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्ट खरिदमा लाखौको घोटाला भएको छ । ४ – ५ लाख पर्ने मेसिनलाई ५१ लाखको अक्सिजन प्लान्ट भनेर उद्घाटन गरिएपछि घोटाला भएको आशंका गरिएको छ । जिल्लामा कोरोना महामारीको संक्रमन बढेर अक्सिजन अभाव भैरहेको बेला अक्सिजन प्लान्ट भनेर शनिबार अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो ।

प्रदेश सरकारको बजेटमा खरिद गरिएको उक्त कन्सिन्ट्रेटरलाई शनिबार शानप मेयर र सिडिओले उद्घाटन गरेका थिए । त्यस्तै विभिन्न नेताहरूले अक्सिजन प्लान्ट भनेर स्टाटस लेखेका थिए ।

प्रतिमिनेट १० लिटर अक्सिजन सप्लाइ गर्नेसक्ने चार वटा कन्सिन्ट्रेटरलाई मिलाएर बनाएको मेसिनलाई अक्सिजन प्लान्ट भनेर प्रचार गरिएको छ । तर उक्त मेसिन अक्सिजन प्लान्ट नभएको जानकारहरूले बताएका छन ।

अक्सिजन प्लान्ट भनेर ल्याइएको उक्त सामाग्री प्लान्ट होइन । उक्त सामना खरिदमा लाखौंलाख घोटाला भएको छ । बजारमा प्रति मिनेट १० लिटर अक्सिजन सप्लाइ गर्ने एउटा कन्सन्ट्रेटरलाई ५० हजार देखि १ लाख ५० पर्ने गरेको छ । जिल्ला अस्पताल सल्यानको लागि स्वास्थ्य सेवा कार्यालयले ल्याएको खरिद गरेको उक्त सामाग्री उक्त ४ वटा कन्सिन्ट्रटर बराबर अर्थात प्रती मिनेट ४० लिटर अक्सिजन सप्लाइ गर्ने मेसिन हो ।

सो हिसाबले उक्त कन्सिन्ट्रटरलाई बढिमा ४/५ लाखमा किन्न सकिन्छ । अन्लाईन सामान सप्लाइ गर्ने चाइनिज कम्पनी अलीबाबा ले उक्त मेसिनलाई बढिमा २ लाख ४२ हजार देखी २ लाख ८२ हजार मुल्य राखेको छ । तर स्वास्थ्य सेवा कार्यालयले किनेको सामान ५१ लाख लागत लागेको बताएको छ । यसअघि स्वस्थ सेवा कार्यालयले ४० लाखको अक्सिजन प्लान्ट र १८ लाखको जडान गर्चको टेन्डर गरेको बताएको थियो ।

उक्त बिषयमा छानबिनको लागि सिडिओ कार्यालय सल्यान मार्फत अख्तियार दुरुपयोग आयोगमा पनि उजुरी परिसकेको छ ।

यो घोटाला काण्ड सिङ्गो कर्णालीभर जोडिएको अनुमान गरिएको छ । यस बिषयमा बिस्तृत विवरण अनुसन्धान भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको