टिकटक बनाउने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

टिकटक बनाउने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

वैशाख २४, उदयपुर । टिकटक बनाउने क्रममा उदयपुरमा एकजनाको मृत्यु भएको छ । शुक्रबार, टिकटक बनाउने क्रममा उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि लडेर उनको मृत्यु भएको हो ।

धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे भीर छेउमा बिग्रिएको र सोही सुमोमा सवार धरान-५ का १८ वर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएको परियारको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको