June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
बर्षमान पुन द्वारा ५० सिलिन्डर अक्सिजन रोल्पा पुर्याउने व्यवस्था

बर्षमान पुन द्वारा ५० सिलिन्डर अक्सिजन रोल्पा पुर्याउने व्यवस्था

वैशाख २२, सल्यान । नेकपा माओवादी केन्द्रका नेता, पूर्व मन्त्री तथा रोल्पा बाट निर्वाचित संघीय सांसद बर्षमान पुन अनन्तले भोली ५० सिलिन्डर अक्सिजन रोल्पा पुग्ने व्यवस्था गरिएको बताएका छन ।

बुधबार सामाजिक संजाल फेसबुक मार्फत उनले कोभिड – १९ विरुद्ध जिल्लामा काम गरिरहेका स्थानीय तहहरूलाई धन्यवाद दिदै कोभिड विरुद्ध लड्न भोलि नै ५० सिलिन्डर अक्सिजन रोल्पा पुर्याउने व्यवस्था गरिएको जानकारी गराएका छन ।

यतिबेला हरेक सरकार र जनप्रतिनिधिको प्राथमिक जिम्मेवारी भनेको जनताको जीवन रक्षा भएको बताउदै उनले त्यसको लागि सबैले सहकार्य गर्न अपिल गरेका छन ।

यस्तो छ, उनको जानकारी

कोभिड-१९ को बढ्दो जोखिमसँग लड्न रोल्पाका स्थानीय तहहरूले पहल लिएकोमा बिशेष धन्यवाद !भोली ५० अक्सिजन सिलिन्डर रोल्पा पुग्ने ब्यबस्था गरिएकोछ । रोल्पा नपा प्रमुख पूर्ण के.सी, सुनिल स्‍मृति गापा अध्यक्ष गुणेन्द्र घर्ती, माडी गापा अध्यक्ष नन्दबहादुर पुन, सुनछहरी गापा अध्यक्ष आशबहादुर पुनलाई आआफ्नो पालिकामा अक्सिजन सहितको कोभिड अस्पताल /आइसोलेसन सेन्टर बनाउन गरेको पहलकदमीको लागि बिशेष सम्मान र असल जनप्रतिनिधिको रूपमा नमन गर्दछु । आज हरेक तहका सरकार र जनप्रतिनिधिको प्राथमिक जिम्मेवारी भनेको जनताको जीबन रक्षा हो । यस कार्यमा रोल्पामा क्रियाशील राजनीतिकदल, राज्यका निकाय र आमजनसमुदायमा हातेमालो एबम सहकार्यको अपील गर्दछु ।

शीर्ष समाचार

धेरै पढिएको