May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
सल्यानमा वैशाख १९ गतेदेखि जेठ १ गतेसम्म लकडाउन

सल्यानमा वैशाख १९ गतेदेखि जेठ १ गतेसम्म लकडाउन

वैशाख १६, सल्यान । सल्यानमा बैशाख १९ गतेदेखि जेठ १ गतेसम्म लकडाउन हुने भएको छ ।


जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला कोभिड -१९ जोखिम ब्यबस्थापन केन्द्र सल्यानको सिफारिस अनुसार सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाइले निशेधाज्ञा जारी गर्नु भएको हो ।


यस्ता छन लकडाउन सम्बन्धि निर्णयहरू :

निशेधाज्ञा यहि बैशाख १९ गते बिहान ६ बजे देखि जेठ १ गते राती १२ बजेसम्म कायम हुनेछ ।

अत्यावश्यक बाहेकका सम्पुर्ण सार्बजनिक तथा निजि सवारी साधनहरु संचालन पुर्नरुपमा रोक लगाइने छ ।

बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक लगाएत खाद्य सामाग्री, तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, औसधि तथा स्वास्थ्य सामाग्रीका पसलहरु स्वास्थ्य मापदण्ड अपनाई संचालन गर्न सकिने छ ।

अत्यावश्यक सवारी संचालनका लागि पास जिल्ला प्रसासन कार्यालय बाट लिनु पर्नेछ ।

बिवाह, बर्तबन्ध जस्ता कार्य गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर १५ जनासम्म हुनेगरी सम्पन्न गर्न सकिनेछ ।

कार्यालयमा कर्मचारीहरु आलोपालो गरेर संचालन गर्ने र अत्यावश्यक बाहेक अन्य सम्पुर्ण सेवा हाललाई बन्द गरिनेछ ।

सरकारी कर्मचारी लगाएत सार्बजनिक सेवा प्रदाएक संस्थामा कार्यरत कर्मचारी हरुलाई परिचय पत्र वा जिल्ला प्रशासन कार्यालयको पासले आवात जावात गर्न सकिनेछ ।

र जिल्ला अस्पताल खलंगामा २० बेडको आइसोलेसन एबम कोरोना उपचार कक्ष निर्माण गरिनेछ ।

शीर्ष समाचार

धेरै पढिएको